२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालकुमारी घटनाः मन्त्री ज्वालाले दिए बयान

२०८०, २६ माघ शुक्रबार ०७:५७

माघ २६, काठमाडौँ | दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बयान लिएको छ । मन्त्री ज्वालाले केही दिनअघि आयोगमा आएर बयान दिएका हुन् । उक्त घटनामा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो ।

कोरिया भाषा परीक्षा सम्बन्धी विवादमा परीक्षार्थीहरुले आन्दोलन गरिरहेका थियो । आन्दोलनका बेला सुरक्षा संवेदनशीलतालाई समेत ख्याल नगरी मन्त्री ज्वालाले सोही बाटो प्रयोग गर्दा भीड उत्तेजित बनेको थियो । सो क्रममा आन्दोलनकारीहरुले मन्त्री ज्वाला सवार गाडीसमेत जलाएका थिए ।

उक्त घटना घट्नुमा मन्त्री ज्वालाले उत्प्रेरक भूमिका निर्वाह गरेको आरोप लागेको थियो । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री ज्वाला पुगेपछि घटनाले उग्र रुप लिएको जवाफ दिएका थिए ।

सरकारले उक्त घटनाको छानविनका लागि उच्च अदालत पाटनका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने