भ्रष्टाचारी, ठग, अराजक भीआईपी हुँदैन, जोसुकै भए पनि दण्ड हुन्छ- गगन थापा

Posted on: 09 Feb, 2024

माघ २६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासन मान्ने कांग्रेसले व्यवहारमा पनि लागू गर्नुपर्ने बताएका छन् । काठमाडौंको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी र ठग भीआईपी नहुने टिप्पणी गरे ।


उनले भने, ‘भ्रष्टाचारको सन्दर्भमा कांग्रेसले मन्त्र बनाउनैपर्छ- दोषी जोसुकै भए पनि उम्कन हुन्न, निर्दोष पर्न हुन्न । कानून सबैका लागि बराबर हो । एउटा सर्वसाधारणले देशको सार्वजनिक सम्पत्ति, जग्गाजमिन लुटेर लियो भने उसलाई दण्ड हुन्छ । सहकारीमा ठग्यो भने पनि दण्ड हुन्छ । कार्यालयका सामान्य कर्मचारी सुब्बाले राज्यको ढुकुटीमाथि दोहन गर्‍यो भने उसलाई दण्ड हुन्छ । कांग्रेसले समात्ने मन्त्र यही हो । भ्रष्टाचारी, ठग, अराजक भीआईपी हुँदैन । सबै बराबरी हुन्छ । जतिसुकै शक्तिशाली होस् ।’

कांग्रेसले अहिले देखिएको अलमलबाट देशलाई बाहिर निकाल्नुपर्ने महामन्त्री थापाले बताए । उनले संघदेखि स्थानीय तहसम्म कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले गल्ती गर्ने छुट नभएको औंल्याए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!