१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला

२६ माघ २०८०, शुक्रबार १०:०८

माघ २६, विराटनगर | विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला परेको छ।

मानिसको औँलाको टुक्रा जस्तो देखिने वस्तु क्याम्पस परिसरभित्र फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। स्ववियू भवन नजिकै शुक्रबार बिहान औँला जस्तो देखिने वस्तु फेला परेको एसपी पोखरेलले बताए।

मानिसको जस्तो देखिने औँलाको टुक्रा फेला परेपछि विभिन्न कोणबाट अनुसन्धान थालेको बताउँदै, एसपी पोखरेलले भने, ‘औँलाको टुक्रा जस्तो देखिने वस्तु फेला परेको स्थान हेर्दा अपराध भए जस्तो देखिँदैन। टुक्रा के को हो यकिनसाथ भन्न सकिने अवस्था छैन । त्यहाँ टुक्रा कसरी आयो भन्ने कुरो अन्यौल नै रहेको छ।’

मानव अङ्गको टुक्रा जस्तो देखिने भएकाले कहीँ कतैबाट कसैले ल्याए वा कुनै जनावरले ल्यायोकी भनेर अनुसन्धान थालेको बताउँदै, एसपी पोखरेलले भने, ‘फेला परेको वस्तुको पहिचानका लागि ल्याब पठाउन लागेका छौँ। मानिसको भए पुरुष वा महिला, कुन औँला, कति वर्षको व्यक्तिको हो जस्ता परीक्षणबाट खुल्ने र यससँगै विभिन्न माध्यमबाट अनुसन्धानको काम थालिसकेका छौँ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल