२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला

२०८०, २६ माघ शुक्रबार १०:०८

माघ २६, विराटनगर | विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला परेको छ।

मानिसको औँलाको टुक्रा जस्तो देखिने वस्तु क्याम्पस परिसरभित्र फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। स्ववियू भवन नजिकै शुक्रबार बिहान औँला जस्तो देखिने वस्तु फेला परेको एसपी पोखरेलले बताए।

मानिसको जस्तो देखिने औँलाको टुक्रा फेला परेपछि विभिन्न कोणबाट अनुसन्धान थालेको बताउँदै, एसपी पोखरेलले भने, ‘औँलाको टुक्रा जस्तो देखिने वस्तु फेला परेको स्थान हेर्दा अपराध भए जस्तो देखिँदैन। टुक्रा के को हो यकिनसाथ भन्न सकिने अवस्था छैन । त्यहाँ टुक्रा कसरी आयो भन्ने कुरो अन्यौल नै रहेको छ।’

मानव अङ्गको टुक्रा जस्तो देखिने भएकाले कहीँ कतैबाट कसैले ल्याए वा कुनै जनावरले ल्यायोकी भनेर अनुसन्धान थालेको बताउँदै, एसपी पोखरेलले भने, ‘फेला परेको वस्तुको पहिचानका लागि ल्याब पठाउन लागेका छौँ। मानिसको भए पुरुष वा महिला, कुन औँला, कति वर्षको व्यक्तिको हो जस्ता परीक्षणबाट खुल्ने र यससँगै विभिन्न माध्यमबाट अनुसन्धानको काम थालिसकेका छौँ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने