८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाई

२७ माघ २०८०, शनिबार ०७:२२

माघ २७, भक्तपुर | लान्चा दथु पःली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु पःली व्यारेकदेखि लान्चा फल्चासम्म शनिबार सरसफाई गरिएकाे छ ।

भक्तपुर नगरपालिकाको सहयोगमा भएको सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० कां वडासदस्य कृष्णनारायण दुमरुले बिलय भइसकेको भत्केको पाटीलाई पुरानै स्थानीय नाम लान्चाफल्चा नामाकरण गरी पाटी र फुलबारी समेत बनाएको बताए । जनताको सहयोगमा नगरपालिकाले निर्माण गरेर यस क्षेत्रको वातावरण सुधार गरेको उनको भनाई थियो । उनले फोहरलाई कुहिने र नकुहिने छुट्याई नगरपालिकाको गाडी वा गाडामा राखीदिनु हुन अनुरोध गर्दै विगतमा फोहर छुट्याउन बाल्टिन वितरण समेत गरेको हुँदा स्वयम्स्फूर्त परिवर्तन नआएसम्म फोहर नछुटिने भएकोले आफैबाट फोहर छुट्याउने सुरुवाट गर्नुपर्ने बताए ।

वडा निरिक्षक रामकृष्ण प्रजापतिले सरसफाई सभ्याताको परिचय भएको हुँदा जहाँ सफा हुन्छ त्यहाँका मानिसहरु सभ्य भएको पहिचान हुने भएकोले नगरपालिकाले सरसफाईमा जोड दिई आएको बताए । उनले फोहर कुहिने र नकुहिने छुट्याई कुहिने फोहरको कम्पोष्ट मल बनाई कृषिजन्य उत्पादनमा प्रयोग गरे अर्गानिक कृषि उत्पादन उपभोग गर्दा क्यान्सर र मृगौला रोग लगायत दीर्घ रोगबाट बच्नसक्ने बताए । उनले यसले मल अभावलाई पनि केही राहत पुग्ने बताए । 

कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष सरोज सुवालले सरसफाईमा सहभागी भएका सबै वडाबासीहरुलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको बताउँदै टोलको ढल निकास लगायत विकास निर्माण कार्यमा सहयोगको लागि अनुरोध गरे । कार्यक्रममा सचिव हरिभक्त फोजुले पनि सरसफाईको महत्वबारे चर्चा गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो आज तोलामा ११ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको लागि शपथ ग्रहण आज चारवटा संसदीय समितिको बैठक बस्दै एमालेको सचिवालय बैठक आज बस्दै यस्तो रहने छ आजको मौसम ! सवारी दुर्घटनामा परी मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पाण्डे रविविरुद्ध चुनाव लडेर रविकै समर्थक रित्तो गाग्री बोकेर पानी माग्दै हर्क साम्पाङ काठमाडौंमा एकीकृत समाजवादी ३२ लाख रुपैयाँ घाटामा,के के छन् मुख्य आम्दानीको स्रोत?