१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

२८ माघ २०८०, आईतवार ०३:३०

माघ २८, महोत्तरी | रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । 

आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ ।

युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु मरिरहेको सुनिन । समाचार सकिसकेपछी रामवावु नजिकै आएर भने, ''आमा, म ठूलो दाजुलाई भेटन लमजुङ जान्छु ।''

रामबाबू केही दिन अगाडिमात्र काठमाण्डौबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यतिवेला गाउँमा युवाहरु कोही पनी थिएनन । भएका युवाहरु कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगेको थियो । थोरै युवाहरुले मात्र आर्मी, प्रहरीमा जागीर खाएका थिए । त्यैपनी रामबाबुले जेठो दाजुलाई भेटन बेसीशहर जान जिद्दी गर्न थाले ।

त्यति टाढा उक्त भयावह अवस्थामा २२ बर्षिय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन  तर छोराको जिद्दीको अगाडि दुर्गा कुमारीको केही लागेन ।

आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो, प्रतिकुल बातावरणका बावजुद पनि दाजु गोबिन्द कार्कीलाई भेटन आमाबुवासगँ विदाई भएर छुटेका छोरा एकाएक हराए । भाई भेटन आएको समाचार थाहा पाए पछी प्रतिक्षामा रहेका दाजुले भाईलाई न त भेटन पाए, न त घर फर्किएर नै गए ।

लमजुङको बेसिसहर दाजुलाई भेटन गएका भाइ रामवावु २२ बर्षदेखी घर फर्किएका छैनन । उनी कहाँ छन ?, कसरी हराए ? मरेका होलान कि बाँचेका होलान ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ । 

अझ ८४ बर्षिय आमा छोरा घर आउने आशा बोकेर बाँचिरहेकी छन । ''बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला,'' गहभरी आँसु बनाउदै दुर्गा कुमारीले भनिन, ''मरेको प्रमाणित भए बरु किरिया गर्थे ।''

रामबाबुका दुई दाजुहरु छन । माईलो दाजु मोहन कार्की नेपाल आर्मीवाट रिटायर्ड भएका हुन भने जेठा दाजु गोबिन्द कार्की बिधुत प्राधिकरणवाट रिटायर्ड हुन । 

दाजुहरुको जागीर कै कारणले रामवावुलाई पढाईलेखाईमा त्यति समस्या पनि थिएन । काठमाण्डौको एक क्याम्पसमा डिप्लोमा अध्यन गर्दै गरेका रामवावुको बिषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन । 

दुर्गा कुमारीले वेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरुलाई हारगुहार पनि नगरेकी हैनन तर कँहीं कत्तैवाट सुनुवाई नभएपछी छोरा फर्कने आशा आजकाल उनकाे झिनो बन्दै गएको छ ।

''आजकाल मोबाइलमा मान्छेहरु धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आए,'' दुर्गा कुमारीले भनिन, ''अब अन्तिम आशा तपाईहरु नै हो ।''

कतिपयले आफ्न्तहरुले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउछन तर दुर्गा कुमारीलाई भने अहिलेपनी छोरा कतै ज्युँदै छ भन्ने लाग्छ ।

रामवावुका वुवा डम्बर बहादुर कार्कीलाई पनि श्रीमतिले भनेजस्तै छोरा ज्युँदै नै छन भन्ने लाग्छ । ''कमसेकम यो समाचार हेरिसकेपछी कान्छो हामिलाई सम्झेर आओस,' उनले भनिन ।

लमजुङ्गमा अझ सरकारी र बिद्रोही पक्षको वेला-वेलामा झडप भैइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यतिवेला कयौ मानिसहरु मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त सक्रमणकालिन अवस्थामा लमजुङ्ग जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्‍यो कि भन्ने पनि आशंका गर्छन । 

परिवारलाई भने पत्यार नै लाग्दैन । ''मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,'' दुर्गा कुमारीले भनिन, ''अब भरोसा बाबुहरुको नै छ, समाचार हेरेर भएपनी छोरा घर फर्कनेछ ।''

दुर्गा कुमारी आजकाल पहिलाजसरी हिडडुल पनि गर्न सक्दिनन । लौरोको सहाराले यताउता हिडने उनीलाई मात्र हैन उन्को श्रीमान डम्बर बहादुरलाई पनि लौरोको सहारा चाहिन्छ ।

भाइ हराएपछी दाजु गोबिन्दले पनि धेरै खोजी नगरेका हैनन । संक्रमणकालीन अवस्थामा उन्ले माओवादी कमाण्डरहरुसगँ सम्पर्क गरेर भाईको एकिन गरेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाईको बिषयमा कसैले एकिन बिस्वास दिलाउन सकेनन ।

बेपत्ता छोराको फर्किने आशामा नै दुर्गा कुमारीले अंशबण्डा पनि गरेकी छैनन । ''जेठो र माईलाले अव भाग लगाउनुपर्छ भन्छन तर म मानेकी छैन,'' उनले भनिन, ''कमसेक एकिन त हुनुपर्र्यो नी मरेको र बाँचेको ।'

संक्रमणकालीन अवास्थामा वेपत्ता भएकाहरुको छानविन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ तर उक्त समयमा वेपत्ता भएकाहरुको नाम समेत सुचिकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामवावु जस्ता वेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता भएको वेपत्ता पारिएका छानविन आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएका ३२८८ उजुरी मध्ये ४१४ उजुरीहरु  सत्य निरुपण तथा मेलगमलाप आयोगको क्षेत्राधिकार पर्नेगरी पठाईएकोमा १३७ उजुरीहरु फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ ।  जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लागताकट्टा गरिएको२९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगवाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएका मध्ये ८ उजुरीहरुको कारवाही प्रक्रिया अगाडी बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वाजनिक गरिएको विवरणमा जनाएको छ ।

मधेश प्रदेशको पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये बिस्तृत छानविनको लागी १५३, प्रारम्भिक छानविनको लागी ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लागत कट्टा गरिएको ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भईसकेको छ ।

तर सुचनाको पँहुच तथा सरोकारवालाहरुको वेवास्ताले न रामवावु जस्ता वेपत्ता व्यक्तिहरुको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गा कुमारी लगायत सम्पूर्ण परिवारको वेपत्ता रामवावुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस