२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ललितपुर इमाडोलस्थित घरमा २ बालबालिका मृत फेला, चौथो तलाबाट हाम फालेकी आमाको पनि मृत्यु

२०८०, २८ माघ आईतवार ०६:५४

माघ २८, काठमाडौँ | ललितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। चौथो तलाबाट हाम फालेकी ती बालबालिकाकी आमाको पनि मृत्यु भएको छ।

 ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ३६ वर्षीष रबिना महर्जनको उपचारको क्रममा किस्ट अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए। 

शनिबार अपराह्न ४:३० बजेतिर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एक घरको चौथो लतलाबाट ३६ वर्षीष रबिनाले हाम फालेकी थिइन्। ४ तलाबाट हाम फालेकी रबिनालाई उपचारका अस्पताल पठाएर घर भित्र हेर्दा उनका २ छोरा–छोरी अचेत अवस्थामा थिए।  रबिनाका ६ वर्षीया छोरा र २ वर्षीया छोरीलाई उपचारका लागि किस्ट अस्पताल पठाइए पनि डाक्टरले मृत घोषित गरेका थिए। 

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। बच्चाहरुको मृत्युको कारण खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति