१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सवारी दुर्घटनामा एकजनाकाे मृत्यु, ट्रकमा आगजनी

२८ माघ २०८०, आईतवार ०७:०३

माघ २८, काठमाडौँ | विराटनगरको वरगाछीमा भएकाे सवारी दुर्घटनामा एकजनाकाे मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक दुहवी नगरपालिका– ९का २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो।

स्कुटरमा सवार सुनसरी दुहवी ९ की स्कुटर चालककी भतिजी १६ वर्षीया स्वस्था चौधरी घाइते भएकी छन्। उनको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।


ट्रक चालक जिल्ला चितवान राप्ति नगरपालिका ११ का ४१ वर्षीय शेरबहादुर राईको हातखूट्टामा सामान्य चोट लागी उपचारका लागि विराट नर्सिङ होम पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी छेदिलाल कामतीले जानकारी दिए। 

घटनाबारे अनुसन्धान भइरहेको छ। दुर्घटनालगत्तै आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन्। आगजनीबाट ट्रकको अगाडिको भाग जलेर क्षति पुगेको छ। विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस