१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेनामा भर्ती गराउने नाममा चार लाख ठगी

२८ माघ २०८०, आईतवार ०७:१३

माघ २८, काठमाडौँ | नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको प्रहरी टोलीले फरार रहेका दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो । 


इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपियाँ ठगेर थापा फरार भएका हुन् । उहाँले थापालाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको बताउनुभयो । 

अहिले नेपाली सेनाका लागि छनाेट प्रक्रिया चलिरहेको हुँदा सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको पाइएको प्रहरीले जनाएको छ । थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाउँदै डिएसपी तिवारीले अन्य व्यक्तिलाई समेत नेपाली सेनामा भर्ती गराइदिन्छु भनी थापाले रकम लिई ठगी गरेको हुनसक्ने भएको हुँदा कोही पीडित व्यक्ति भएमा यथाशीघ्र प्रहरीमा सम्पर्क राख्न अनुरोध गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस