१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तकियाले छोराछोरीको मुख छोपेर हत्या गरेपछि छतबाट हाम फालेकी थिइन् रविनाले

२८ माघ २०८०, आईतवार ०८:०७

माघ २८, काठमाडौँ | ललितपुरकी ३६ वर्षीया रविना महर्जनले शनिबार आफ्नै घरको छतबाट हाम फालिन् । महालक्ष्मी नगरपालिका–४, ओचुहाइटकी रविनाले घरको साढे दुई तलामाथिबाट हाम फालेकी थिइन् ।

हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्‍याएका थिए । शनिबार अपराह्न करिब साढे ४ बजे उनले छतबाट हाम फालेकी थिइन् । पौने ५ बजे सो अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा शनिबारै राति पौने १० बजे अस्पतालले रविनाको मृत्यु भएको घोषणा गर्‍यो ।


उनलाई अस्पतालमा पुर्‍याएका प्रहरी कर्मचारीले अर्को खबर पाए– रविनाको ‘बेड रुम’भित्र दुई बालबालिका बेहोस अवस्थामा छन् ।

घटना शंकास्पद हुन सक्ने अनुमानपछि प्रहरी वृत्त सातदोबाटोका डीएसपी उमेश जोशीको नेतृत्वमा समेत टोली रविनाको घरमा पुग्यो । बेहोस अवस्थामा फेला परेका रविनाका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिबा महर्जनलाई पनि प्रहरीले उपचारका निम्ति तत्काल किस्ट अस्पतालमा पुर्‍यायो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूको मृत्यु भइसकेको घोषणा गरे । प्रहरीले दुवै अश्वेत र रिबालाई बेलुका करिब ५ बजेर २५ मिनेटमा अस्पताल पुर्‍याएको थियो ।

छोराछोरीको हत्यापछि आत्महत्या

रविनाले छोराछोरीको हत्यापछि आत्महत्या गर्न घरको छतबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । रविनाले हाम फाल्दा छिमेकीले समेत देखेका थिए ।

रविनाकी सासू समेत छतमै हुँदा उनले एक्कासि हाम फालेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान गर्न आइतबार एसपी कार्कीकै कमान्डमा समेत प्रहरी टोली रविनाको घरमा पुगेको छ ।

रविनाले छतबाट हाम फाल्दा उनका् श्रीमान् रवि महर्जन घरमा थिएनन् । उनले मंगलबजारस्थित एउटा पसलमा काम गर्दै आएका छन् । रवि शनिबार पनि बिहानै काममा गएको खुलेको प्रहरीले जनाएको छ ।

रविनाले आफू सुत्ने कोठामा रहेका छोराछोरीको मुख तकियाले छोपेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । त्यसपछि उनले छतबाट हाम फालेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले रविनाले छोराछोरीको हत्यापछि आत्महत्या गर्नुको कारणबारे अनुसन्धान जारी राखेको छ । अनुसन्धान खटिएका एक प्रहरी अधिकारीले भने, “छोराछोरीको हत्या रविनाले नै गरेको देखिन्छ । तकियाले मुख छोपेर हत्या गरेको जस्तो छ, देखिन्छ । थप पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिएला ।”

हत्या र आत्महत्याको कारण भने प्रहरीले खुलाउन सकेको छैन । रवि र रविनाबीच सामान्य विवाद भइरहने गरेको खुलेको छ । शनिबार बिहान समेत सामान्य विवाद भएर रवि घरबाट निस्किएको खुलेको छ ।

रविनाको स्वभाव ‘एग्रेसिभ’ हुँदा सामान्य विवादले ठूलो घटना निम्त्याएको आशंका छिमेकीको छ । रविका तीन दाजुभाइ घरका छुट्टाछुट्टै फ्ल्याटमा बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस