१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार

२८ माघ २०८०, आईतवार ०८:२१

माघ २८, काठमाडौँ |  साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् । ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी वकिलले आरोपी गोरखा स्थायी घर भइ काठमाडौं बस्दै आएका ३५ वर्षीय गोपीराज गुरुङविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

घटना २३ चैत २०७९ को हो । आरोपी फेला नपरेपछि प्रहरीले गुरुङलाई फरार प्रतिवादीका रुपमा अभियोग अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, राति ९ बजेतिर पीडित नाबालिग साथीको जन्मदिन मनाउन भन्दै ठमेल पुगेकी थिइन् । त्यही क्रममा उनले मादक पदार्थ समेत सेवन गरेकी थिइन् ।

‘केही समयपछि साथी फोन आएर एक घन्टाका लागि भन्दै बाहिर निस्किएकी थिइन्, त्यसबेलासम्म तिमी यहीँ बसेर खानपिन गर्नु भनेकी थिइन्’, पीडितले भनेकी छन्, ‘त्यसपछि म साथीको भेना पछि नाम थाहा भएका गोपीराज गुरुङसहित अन्य ४ जना साथीहरुसँग बसेको थिएँ ।’

तर, दुई घन्टासम्म पनि साथी नफर्किएपछि त्यहाँ बस्न आफूलाई उचित नलागेको पीडितले भनेकी छन् ।

‘मैले निस्किन लाग्दा उनले तिमीलाई म घरसम्म पुर्‍याइदिन्छु चिन्ता नगर्नु भनेका थिए, त्यसपछि विश्वासमा गरेर म रेष्टुरेन्टमै बसिरहेको थिएँ’, उनले भनेकी छन्, ‘राति १२ः३० बजेतिर उहाँको गाडी चढेर सबै निस्किएका थियौं, ३ जना साथीहरु झरेपछि मलाई दिदीको घरमा झारी दिनु भन्दा उनले मानेनन् ।’

पीडितका अनुसार, ‘राति यति बेला भइसक्यो, तिम्रो घरमा नजाउ, म लजमा लगेर राख्छु दुई वटा कोठा लिउँला, एउटा कोठामा तिमी बसौली’ भनेका थिए । त्यसपछि रात पनि परेको र मापसे समेत गरेकाले आफूले हुन्छ भनेको उनले बताएकी छन् । त्यसक्रममा गुरुङले ३०६ नम्बर कोठा देखाएर ‘तिमी त्यहीँ सुत्ने’ हो भनेको उनले बताएकी छन् । पीडितका अनुसार, आफू भने अर्को कोठामा बस्ने उनले बताएका थिए ।

तर, राति साढे २ बजेतिर कोठामा आएर उनले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छन् । त्यसक्रममा आफूले लात्ती र मुक्का हानेर प्रतिवाद गर्ने प्रयास गरेपनि बल प्रयोग गरेर जबरजस्ती करणी गरेको उनले भनेकी छन् । आफूले प्रहरी र आफन्तलाई खबर गर्छु भन्दा उनले ‘तिमीलाई कति पैसा चाहिन्छ दिन्छु भन्दै लोभ देखाएको’ उनले भनेकी छन् । त्यसपछि आफू होटलबाट भागेको र डेरा कोठा बस्दा चिनेको एक जना दिदीलाई घटनाबारे बताएको उनले भनेकी छन् । त्यसपछि उनले आफ्नो दाइलाई समेत घटनाबारे जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस