२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानले बाटो बिर्सिएपछि….

२०८०, २८ माघ आईतवार ०९:१३

माघ २५, काठमाडौँ | दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा अचम्मको घटना भएको छ । ल्यान्डिङपछि एउटा इन्डिगो विमानले बाटो बिराउन पुगेको हो । अमृतसरबाट दिल्ली आएको सो विमानले बाटो बिर्सिएपछि धावनमार्ग १५ मिनेटसम्म बन्द भयो । ल्यान्ड गरेपछि विमान ट्याक्सी वेमा जानुको सट्टा धावनमार्गको पुछारतिर गयो ।


सरकारी समाचार संस्था पीटीआईका अनुसार यो घटनाका कारण धावनमार्ग १५ मिनेटसम्म अवरुद्ध भयो । केही उडान पनि प्रभावित रहे । पछि इन्डिगोको टोइङ भ्यानले विमानलाई तानेर पार्किङ वेसम्म ल्यायो । यस घटनामा इन्डिगोले अहिलेसम्म केही पनि टिप्पणी गरेको छैन । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय  विमानस्थल भारतको सकैभन्दा ठुलो विमानस्थल हो । यहाँबाट दिनभरमा करिब १ हजार ४०० उडान हुन्छ ।

ट्याक्सी वेले धावनमार्गलाई एप्रन, ह्याङ्गर र टर्मिनसँग जोड्छ । यस अघि शुक्रवार पनि इन्डिगोको एउटा उडानमा समस्या आएको थियो । दिल्ली विानस्थलबाट मुम्बई गइरहेको विमानबाट अचानक दुर्गन्ध आउन थालेपछि विमानलाई फर्काएर विमानस्थलमै फिर्ता ल्याइएको थियो । यस घटनाबारे कम्पनीले विज्ञप्ति जारी गरेको भए पनि विमानबाट दुर्गन्ध किन आयो भन्ने जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति