गौशालाको होटलमा प्रमीलाको हत्या गरेको आरोपमा ‘प्रेमी’ पक्राउ

Posted on: 11 Feb, 2024

माघ २८, काठमाडौँ | काठमाडौँको गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४५ वर्षीय प्रमीला  शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

हत्यामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । आरोपी दोलखाका स्थानीय हुन् ।

पक्राउ परेका पुरुष र रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा थिए । हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन् । माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!