१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हमासकाे नियन्त्रणमा रहेका २ बन्धकका इजरायली हमलामा मृत्यु

२९ माघ २०८०, सोमबार ०५:३५

माघ २९, गाजा | इजरायल र हमासबीच युद्ध जारी छ। यसैबीच हमासको सबैभन्दा डरलाग्दो सशस्त्र शाखा अल कसमु ब्रिगेडले आइतवार साँझ टेलिग्राम च्यानलमा गाजा पट्टीमा पछिल्लो ९६ घण्टादेखि इजरायली आक्रमण भइरहेको दाबी गरेको छ। 

यी आक्रमणहरूमा दुई इजरायली बन्धकको मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएको दाबी गरिएको छ ।

प्यालेस्टाइनी समाचार संस्थाहरूका अनुसार अनुसार बाँकी बन्धकहरूलाई राम्रोसँग उपचार प्रदान गर्न असुविधाजनक भएको पनि बताएको छ। 

उचित उपचार नहुँदा उनको अवस्था झन झन बिग्रदै गएको छ । हमास ब्रिगेडले इजरायलको लगातारको बमबारीका कारण घाइते भएका मानिसको ज्यान जाने सम्पूर्ण जिम्मेवारी लिएको पनि दाबी गरेको छ ।


इजरायली तथ्याङ्कका अनुसार हमास लडाकुहरूले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा श्रृंखलाबद्ध रकेट आक्रमणहरू शुरू गरेका थिए, जसमा १२ सय मानिसहरू मारिएका थिए र कम्तिमा २५० मानिसहरू अपहरण भएका थिए। 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गाजा पट्टीमा सैन्य आक्रमण गरेर २८ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन ।

गत नोभेम्बरमा इजरायल–हमास युद्धका क्रममा दुबै पक्षले बन्धक बनाएकाहरूलाई रिहा गर्न एक हप्ता लामो युद्धविराम भएको थियो। नोभेम्बर २०२३ को अन्तमा हस्ताक्षर गरिएको यो युद्धविरामको क्रममा हमासले १०० भन्दा बढी इजरायली र विदेशी बन्धकहरूलाई रिहा गरेको थियो । 

सोही क्रममा इजरायलले बन्धक बनाएका २४० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको थियो । इजरायलले गाजामा अझै १३६ जना बन्धक रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस