क्यानडाविरुद्धको शृङ्खला ‘क्लिन स्विप’ का लागि नेपाललाई ६० बलमा २५ रन आवश्यक

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४० ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर  रन बनाएको छ ।

नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह ९२ र तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की ९५ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि ६० बलमा २५ रन आवश्यक छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १४ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई क्यानडाका बलर डिल्लन हेलिगरले बोल्ड गरेका थिए । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले ४५ रन बनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!