२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियो कार्यक्रम ‘मेरो साथी’ मार्फत चिनजानपछि लिभिङ टुगेदर, विवाह गर्न दवाव दिएपछि हत्या

२०८०, २९ माघ सोमबार ११:३५

माघ २९, काठमाडौँ | काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा प्रमिला दमाई २७ माघमा मृत फेला परिन् । २८ वर्षीया प्रमिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–५ घर भएर श्रीमानसँग भिमसेन गोलामा बस्थिन् ।

लजको १०८ नम्बर कोठामा बोलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले दोलखाको बैत्यश्वर गाउँपलिका–७ घर काठमाडौँ बस्ने कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय श्रेष्ठले होटलमा विवाद भएपछि डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपीले बताए ।


प्रमिला र कुमार ‘लिभिङ रिलेसन’ मा थिए ।  माघ २४ र २६ मा कुमारले प्रमिलालाई सो लजमा बोलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तर, उनले कोठा बुक गर्दा सन्दिप लामाको नाममा बुक गरेको भेटिएको छ । प्रमिलाले कुमारलाई ‘सँधै बाहिर बसेर हुँदैन, विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि प्रेम सम्बन्ध हत्यामा अन्त्य भएको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए । पछिल्लो १ वर्षदेखि प्रमिला र कुमार ‘लिभिङ रिलेसन’मा थिए ।

दोलखाबाट प्रशारण हुने हिमाली एफएमको कार्यक्रम ‘मेरो साथी’ मार्फत उनीहरुको बिचमा चिनजान हुन्छ । फोन नम्बर पनि उनीहरुले रेडियो कार्यक्रम मार्फत नै आदान प्रदान गरेका हुन् । प्रमिला र कुमार दुवै विवाहित हुन् । दुवैतिर बालबच्चा भएका उनीहरु ‘विवाहेत्तर सम्बन्ध’ को कारण सँगै बस्न भनेर लोकन्थलीमा डेरा पनि लिएको अनुसन्धानबाट थाहा भएको छ । कुमारकी छोरी बुद्धनगरमा बस्छिन् ।

‘विवाह गर्नुपर्छ’ भन्ने प्रमिलाको दवाबले कुमार तनावमा थिए । २४ माघमा लजमा गएर बसेका कुमारले २६ मा पनि त्यहि लजमा बोलाएका हुन् । त्यसदिन साँझ ६ बजेर १८ मिनेटमा उनीहरु लजमा गएको देखिएको छ ।

लजमा केहीबेर बसेपछि प्रमिला निस्कन खोजिन् । तर, कुमारले उनलाई रोक्न खोजेपछि प्रमिलाले ‘विवाहको कुरा’ गरिरहिन् । ढोका खोलेर निस्कन खोज्दा कपडामा तानेर प्रमिलालाई झापड हानेको कुमारले प्रहरीलाई बताएका छन् । झापड हानेपछि प्रमिला ढलिन् । अनि, चिच्याउने र हल्ला गर्ने गरेर कुमारले घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यापछि भागेका कुमारलाई बुद्धनगरको लक्ष्मीचोकबाट पक्राउ गरिएको एसएसपी खत्रीले जानकारी दिए ।

प्रेम–विवाद प्रहरीमा छलफल

प्रमिला र कुमारको सम्बन्धबारे शंका लागेपछि प्रमिलाका पति नशे दमाईले प्रहरीमा उजुरी गरेको भेटिएको छ । रामेछापको ईलाका प्रहरी कार्यालय धोबीमा दुवै पक्षलाई बोलाएर प्रहरीले छलफल समेत गराएको थियो ।

छलफलमा उनीहरु एकले अर्को पारिवारिक सम्बन्धमा ‘खलल नगर्ने’ सहमति गरेर हिँडे । त्यसबेला कुमारलाई उनकी पत्नी सविना श्रेष्ठ र प्रमिलालाई उनका पति नशे दमाईले जिम्मा लिएको प्रहरीको रेकर्डमा देखिएको छ ।

प्रहरीले छलफल गराएपछि पनि उनीहरु छुट्न सकेनन् । लुकेर भेटघाट र लिभिङ टुगेदरमा बस्दा प्रेम सम्बन्धले हत्याको रुपमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति