१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ

१ फाल्गुन २०८०, मंगलवार ०३:३३

फागुन १, राजविराज | बजारमा मोबाइल बनाउन दिएर घर फर्किँदै गरेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँ रहेका छन्। 

हनुमाननगर कंकालिनी नगरपालिका-१ भारहदमा मोबाइल बनाउन दिएर घर फर्किँदै गर्दा जेठ ७ गते राति हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल छेउमा आरोपितले समातेर मकै बारीमा लगेर बलात्कार गरेको र रातभर राखेको २५ वर्षीया महिलाले बताएकी छन्।

उम्किएर भाग्न खोज्दा ज्यान मार्ने धम्की दिएका आरोपितले भोलिपल्ट भारत हिँड्न दवाव दिएको पीडितले बताइन्। आफ्नो सानो छोरा ल्याई दिने सर्त राखेपछि आरोपित बच्चा लिन महिलाको घर गएपश्चात पछि लागेर घर पुगेकी महिलाले होहल्ला गरेपछि आरोपित फरार भएका थिए। महिलाको सात वर्षीया छोरी तथा चार र साढे एक वर्षीय छोरा छन्। 

घटनापछि गाउँघरमा छलफल गरेर पञ्चेती गर्न खोजिएको स्थानीयले बताए। गाउँसमाजकै सल्लाहमा प्रहरीमा उजुरी परेको गाउँलेहरुले बताए। जिल्ला प्रहरी कार्यालयमा जेठ १४ गते उजुरी दर्ता भएको थियो। 

सप्तरी जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी भएको थियो। खोजी गर्ने क्रममा फरार आरोपित गाउँघरबाटै पक्राउ परेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको इन्स्पेक्टर प्रमोद खड्काले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ