२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ

२०८०, १ फाल्गुन मंगलवार ०३:३३

फागुन १, राजविराज | बजारमा मोबाइल बनाउन दिएर घर फर्किँदै गरेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँ रहेका छन्। 

हनुमाननगर कंकालिनी नगरपालिका-१ भारहदमा मोबाइल बनाउन दिएर घर फर्किँदै गर्दा जेठ ७ गते राति हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल छेउमा आरोपितले समातेर मकै बारीमा लगेर बलात्कार गरेको र रातभर राखेको २५ वर्षीया महिलाले बताएकी छन्।

उम्किएर भाग्न खोज्दा ज्यान मार्ने धम्की दिएका आरोपितले भोलिपल्ट भारत हिँड्न दवाव दिएको पीडितले बताइन्। आफ्नो सानो छोरा ल्याई दिने सर्त राखेपछि आरोपित बच्चा लिन महिलाको घर गएपश्चात पछि लागेर घर पुगेकी महिलाले होहल्ला गरेपछि आरोपित फरार भएका थिए। महिलाको सात वर्षीया छोरी तथा चार र साढे एक वर्षीय छोरा छन्। 

घटनापछि गाउँघरमा छलफल गरेर पञ्चेती गर्न खोजिएको स्थानीयले बताए। गाउँसमाजकै सल्लाहमा प्रहरीमा उजुरी परेको गाउँलेहरुले बताए। जिल्ला प्रहरी कार्यालयमा जेठ १४ गते उजुरी दर्ता भएको थियो। 

सप्तरी जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी भएको थियो। खोजी गर्ने क्रममा फरार आरोपित गाउँघरबाटै पक्राउ परेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको इन्स्पेक्टर प्रमोद खड्काले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो