२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफु प्रहरीको सई भएको र सिपाहीमा जागिर लगाईदिने भन्दै ठगी गर्ने २४ वर्षीया महिला पक्राउ

२०८०, १ फाल्गुन मंगलवार ०७:३१

फागुन १, काठमाडौँ | प्रहरीको (नायव निरीक्षक) सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँद छन्। 


उनलाई प्रहरी वृत्त थानकोटले सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। साउँदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। उनले आफू सई भएको परिचय दिँदै दैलेख नारायणनगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

ठगीको उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

साथै उनको साथबाट नेपाल प्रहरीको पोसाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति