२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले धादिङको अध्यक्षमा त्रिपाठी र अधिकारी भिड्ने

२०८०, १ फाल्गुन मंगलवार ०७:४९

फागुन १, धादिङ | विवादपछि एक साताअघि रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र आजबाट सञ्चालन हुने भएको छ । धादिङ सदरमुकाम धादिङबेसीमा ११ बजेपछि बन्दसत्र सुरु हुने नेता धर्मदत्त देवकोटाले जानकारी दिए । उनका अनुसार बन्दसत्र सञ्चालन गर्न नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । नौ सदस्यीय अध्यक्ष मण्डलमा देवकोटासहित भानुभक्त ढकाल, रेशम लामा, माधव ढुङ्गेल, कैलाश ढुङ्गेल, नवराज सिलवाल, दावा लामा लगायत रहेका छन् ।


‘बन्द सत्रमा पहिला आर्थिक, राजनीतिक र सांगठानिक प्रतिवेदन पेस गरेर छलफलपछि पारित हुन्छ’, देवकोटाले भने, ‘त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ उनका अनुसार सकभर सहमतिमै नेतृत्व चयनको प्रयास हुने र त्यो सम्भव नभए स्वच्छ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने तयारी छ । जिल्ला अध्यक्षमा मौजुदा अध्यक्ष भूमि त्रिपाठी र नेता डा. रामकुमार अधिकारी आकाङ्क्षी छन् । पार्टी केन्द्रले प्यानल खडा गर्न निषेध गरे पनि त्रिपाठी र अधिकारी दुवैले समूहगत तयारी तीव्र पारेका छन् । निर्वाचन सम्पन्न गर्न विश्व अधिकारीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

एमाले अध्यक्ष ओलीले सहमति नभए स्वच्छ प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । ‘सके सहमति गर्नु नभए स्वच्छ तरिकाले प्रतिस्पर्धा गर्नु तर निर्वाचनपछि दायाँबायाँ गरे स्वीकार्य हुँदैन भन्ने अध्यक्षको सन्देश छ, मैले त्यहीँ सन्देश प्रवाह गरेको छु’, अध्यक्ष मण्डलका अध्यक्ष देवकोटाले अध्यक्ष ओलीको निर्देशन उद्धृत गर्दै रातोपाटीसँग भने । माघ १९ बाट सुरु भएको अधिवेशनमा अध्यक्ष मण्डल गठन र प्रतिनिधि छनोटमा विवाद चर्किएपछि बन्दसत्र रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति