२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा शिक्षकविरुद्ध अख्तियारले हाल्यो मुद्दा

२०८०, १ फाल्गुन मंगलवार ०९:२८

फागुन १, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरी घिमिरेले कास्कीको पोखरा महानगरपालिका-८ स्थित श्रीराम प्राथमिक विद्यालयको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरी जागिर खाएको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए।

शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएको र छानविनको माग गर्दै  शिक्षक शर्माविरुद्ध अख्तियारमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा शिक्षक शर्माले माध्यमिक शैक्षिक परिषद्,उत्तर प्रदेश,बोर्ड अफ हाइस्कु्ल एण्ड इण्टरमिडियट एजुकेसन,युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धांक पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

शिक्षक शर्माले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको हुँदा उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ (१) बमोजिम सजाय र मागदावी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति