१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा शिक्षकविरुद्ध अख्तियारले हाल्यो मुद्दा

१ फाल्गुन २०८०, मंगलवार ०९:२८

फागुन १, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरी घिमिरेले कास्कीको पोखरा महानगरपालिका-८ स्थित श्रीराम प्राथमिक विद्यालयको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरी जागिर खाएको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए।

शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएको र छानविनको माग गर्दै  शिक्षक शर्माविरुद्ध अख्तियारमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा शिक्षक शर्माले माध्यमिक शैक्षिक परिषद्,उत्तर प्रदेश,बोर्ड अफ हाइस्कु्ल एण्ड इण्टरमिडियट एजुकेसन,युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धांक पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

शिक्षक शर्माले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको हुँदा उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ (१) बमोजिम सजाय र मागदावी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ