१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सूर्यदर्शन सहकारी प्रकरण : भट्टराई पुर्पक्षका लागि कारागार चलान

१ फाल्गुन २०८०, मंगलवार १०:३८

फागुन १, काठमाडौँ | सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाएको छ ।

न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

सुनसरी जिल्ला, इनरुवा नगरपालिका ५ घर भएका भट्टराईलाई काठमाडौं प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेका उनलाई शुक्रबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।


यससँगै सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ ।

यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल पक्राउ परिसकेका छन् । उनीहरु पनि पुर्पक्षका लागि थुनामै छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । राईसहित १४ जना अझै फरार छन् ।

सहकारीका बचतकर्ताले २२ माघमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित थप व्यक्ति तथा संस्था गरी १८ जनाविरुद्ध छानबिन गर्न पूरक जाहेरी समेत दिएका छन् । बचतकर्ताले दिएको पूरक जाहेरीबारे अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

सूर्यदर्शनका पदाधिकारीमाथि बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ