कञ्चनपुरमा सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाइयो

Posted on: 13 Feb, 2024

फागुन १, काठमाडौँ | कञ्चनपुरस्थित विद्यार्थी संगठनहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला जनाएका छन् ।

सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको आरोप लगाउँदै विद्यार्थीहरुले मंगलबार पुत्ला दहन गरेका हुन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वासुदेव न्यौपानेले नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परीक्षामा राहुल नेपाली  उत्तीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको बताए ।

विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुलको नाम समावेश भएपनि मन्त्रालयको बेवास्ता र गैरजिम्मेवारीपनको कारण जारी गरेको अन्योलपूर्ण पत्रले भर्नाबाट अलग भएको दाबी गरेका छन् ।

उनीहरुले एमबीबीएस भर्नाको सुनिश्चितता नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!