फागुन १, पाँचखाल Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १, पाँचखाल
१७ माघ २०८२, शुक्रबार
समाज

काभ्रेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

१ फाल्गुन २०८०, मंगलवार १२:०२

फागुन १, पाँचखाल | काभ्रेको पाँचखाल नगरपालिका-८ स्थित पचास किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

मंगलबार दिउँसो पौने ४ बजेतिर दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बा.प्र. ०२-०३४ प. ३३२१ मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आएको बा.३ ख. ७२०४ नं. को मिनीट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-७ का २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालले अपराह्न सवा ४८ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनका अनुसार मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका-७ का २८ वर्षीय राजन दंगाल घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

दुबै सवारी साधन र मिनीट्रक चालक काभ्रे भुम्लु गाउँपालिका-४ का २४ वर्षीय पूर्णबहादुर पहरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ