२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नियमन नहुँदा रौतहटको बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन भारतीय मिठाइ

२०८०, २ फाल्गुन बुधबार ०८:००

फागुन २, रौतहट | तराई मधेशमा मिठाइ भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ । कुनै विषयमा सफल हुँदा मिठाई खुवाउने चलन, पूजा, बिहे ब्रतबन्धमा भोजनपछि मिठाइ ख्वाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाइ लिएर जाने चलन रहिआएको छ । त्यतिमात्र नभई छोराछोरीको जन्मदेखि  मानिसको मृत्यु भएपछि १३औं पुण्यतिथिको अवसरमा हुने भोजभतेरमा पनि मिठाइ खुवाउने चलन  छ । त्यसमा पनि लालमोहन, बालुशाही र रसवरीको मिठाइमा आफ्नै स्थान छ । विगतमा सानो परिमाणमा मिठाइको आवश्यकता हुँदा स्थानीय होटलहरुबाट  खरिद गर्ने, ठूलो परिमाणमा आवश्यक पर्दा जानकार मिस्त्री ( कारिगर) बोलाई घरमै बनाउने चलन रहेको थियो । त्यसको अलावा केही मानिस सस्तोको लागि भारतीय ब्राण्डेड कम्पनीले बनाउने डब्बाको मिठाइ ल्याउने चलन थियो। जुन शुद्ध दूधले बनेको हुन्थ्यो। मिठाई (रसवरी, बालुशाही, लालमोहन) बनाउन मुख्य रूपमा दूधको आवश्यकता हुन्छ । शुद्ध गाईभैंसीको दूध चिनी प्रयोग गरेर बनाइने मिठाई कम्तीमा प्रतिकिलो ३५० देखि ४०० रुपैया पर्ने कटहरिया बजारका मिठाइ व्यवसायी सन्तोष कुशवाहाले बताए । मिठाइमा दूध र चिनीको प्रयोग गरेर बनाएमा त्यसभन्दा कमीमा बनाउनै नसकिने कुशवाहाको दाबी छ ।


कुशवाहाकै जस्तो अर्का मिठाइ व्यवसायी अनिल मिष्टान भंडार कटहरियाका सञ्चालक अनिल साहले जसरी बनाए पनि दूध र चिनी प्रयोग गरिएको मिठाइ ३५० भन्दा बढी प्रतिकिलो पर्ने दाबी गर्छन् । अहिले जिल्ला सदरमुकाम गौरदेखि गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतका मुख्य बजारका होटल तथा मिठाई पसलहरुमा रसवरी, लालमोहन, बालुशाही खुद्रामा प्रतिकिलो ५०० देखि ७०० रुपैयामा बिक्रि हुने गरेको उपभोक्ताहरुले बताएका छन। तर, भारतीयहरुले भारतबाट ल्याएको मिठाई बालुशाही प्रतिकिलो मात्र २०० रुपैयामा खुद्रा बिक्री गरिरहेको देखिएको छ। हाल सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरियादेखि ग्रामीण बजारहरुमा प्रत्येक दिन बिहानैदेखि भारतीय नागरिकहरूले साइकल मोटरसाइकलमा ल्याएर मिठाई बिक्री गरिरहेको देख्न सकिन्छ। कटहरिया बजारमा मिठाई बिक्रीगरी बसेका भारत बिहार सितामढीका छोटेलाल महतोले आफूहरुले उतैबाट किनेर ल्याएर यता बेच्ने गरेको बताउँछन्। 

उनले भारतीय सहर सीतामढी छेउ भूतही गाउँबाट थोक मूल्य प्रतिकिलो १०० भारु अर्थात १६० मा खरीद गरेर ल्याउने र २०० नेपाली रुपैयामा प्रतिकिलो बालुशाही बिक्री गर्नेगरेको बताउँछन्। सीतामढी क्षेत्रका झण्डै ५० जना भन्दा बढी मानिसको दैनिकी मिठाई बेच्ने रहेको बताएका छन् । भारतीय गाउँ भुतहीमा घर घरै मिठाई बनाइन्छ। त्यहीँबाट साइकल मोटरसाइकलमा ल्याएर रौतहट, बारा, सर्लाही लगायत जिल्लाको बजार बजारमा घुमाएर बिक्रि गरिन्छ। 

भुतही गाउँबाट साना नाका हुँदै भित्र्याएको मिठाई जिल्लाको बजारहरुमा कोठा लिएर स्टक गरिन्छ, पछि सुबिधाअनुसार बिक्रि गरिने भारतीय नागरिक महतोले बताए । कटहरिया ५ का समाजसेवी दीनानाथ साह कलवारले भारतको भुतहीबाट ल्याइने उक्त मिठाईबालुशाहीमा शुद्धको सट्टा चिउराको धूलो र चिनीको सट्टा गुलियो बनाउने केमिकल सेक्रीन प्रयोग गरिने बताए । अत्यन्तै गुणस्तरहीन उक्त मिठाई नेपालीहरुले सस्तो पाउने भएको कारण किन्ने गरेको कलवार बताउँछन् । 

हजारौं नेपाली नागरिकको स्वास्थसँग प्रत्यक्ष जोडिएको मिठाइको गुणस्तरबारे जाँचबुझ गर्न जरुरी छ । तर, त्यसबारे कसैले चासो नलिएको कारण तराई मधेशका हजारौं मानिसले दैनिक गुणस्तरहीन मिठाइको प्रयोग गरिरहेका छन्। भारतबाट एकपटक भित्र्याएको मिठाइ बाटो छेउ खुला फोहर नालासँगै झिँगा लाग्ने स्थानमा राखेर एक हप्तासम्म बिक्रि गर्छन् । तर, स्थानीय तहदेखि स्थानीय प्रशासन, गुणस्तर विभाग सबै मूकदर्शक बनेका छन् ।नेपाली नागरिकको स्वास्थको रक्षाको निमित्त अवैध र गुणस्तरीयहीन आयातित  मिठाइको गुणस्तर जाँच गर्न तथा बिक्रीवितरणमाथि रोक लगाउन नियमनकारी निकायको ध्यानजानु जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो