२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस वर्ष हिउँदे वर्षा किन भएन ?

२०८०, २ फाल्गुन बुधबार ०८:१८

फागुन २, काठमाडौँ | यस वर्षको हिउँदे याम सकिन अब दुई हप्ता मात्र बाँकी छ। मौमसदवीद्हरूका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदे याम मानिन्छ। यी तीन महिनामा वर्षभरिमा सबैभन्दा बढी चिसो हुन्छ। यो याममा सामान्यता कम्तीमा एक पटक हिउँदे वर्षा हुने गर्छ।

तर यस वर्ष काठमाडौँ लगायत देशभरि निकै कम हिउँदे वर्षा भयो। काठमाडौँमा फाट्टफुट्टै बाहेक हिउँदे वर्षा भएन। काठमाडौँ भन्दा पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हिउँदे वर्षा भएको तर समग्रमा यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन – मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।


‘यस वर्ष काठमाडौं लगायत देशभरि जति मात्रामा हिउँदे वर्षा हुनु पर्थ्यो। यो सरदर वर्षा भन्दा कम  हो। पर्याप्त होइन’ वरिष्ठ मौसमविद् राजु प्रधानानागंले भने। उनका अनुसार यस वर्षको हिउँदे याममा वर्षा गराउने प्रणाली जसरी सक्रिय हुनु पर्थ्यो, त्यस रुपमा सक्रिय भएन। सोही कारण काठमाडौं लगायत देशभरि हिउँदे वर्षा पर्याप्त भएन। महाशाखाका अनुसार यस वर्ष काठमाडौँमा फेब्रुअरी २ तारेखमा जिरो दशमलव जिरो ५ मिलिमिटर तथा फेब्रेवरी ५मा फाट्टफुट्ट वर्षा भएको छ।

हिउँदे याम सकिन बाँकी रहेका अबको दुई हप्तामा हिउँदे वर्षा हुन्छ कि हुँदैन भन्नेमा अझै केही टुंगो नभएको मौसमविद्हरूको भनाइ छ।  

प्रधनाङ्ग भन्छन्, ‘हिउँदे याम सकिन अझै दुई हप्ता बाँकी छन्। दुई हप्ताको अवधिमा वर्षा हुन्छ कि हुँदैन भनेर अहिले नै भन्न सकिन्न।’

मौसवीद्हरूका अनुसार यस वर्ष  चिसो पोहर सालको तुलनामा २०/२१ दिन पर सरेको छ। पोहर साल सबै भन्दा बढी चिसो दिन जनवरी ७ (२ दशमलव ५ डिग्री) थियो तर यस वर्ष सबै भन्दा चिसो अहिलेसम्मको रेकर्डमा जनवरी २८मा मापन गरिएको छ। जनवरी २८ मा यस वर्ष चिसो २ दशमलव १ डिग्री पुगेको थियो। पोहरको तुलनामा यस वर्ष चिसो पर सर्नुमा बायु मण्डल र विश्वको मौसम प्रणालीले प्रभाव पारेको उनको भनाइ छ।

हिउँदे याममा वर्षा नहुँदा प्रदूषण अत्यधिक बढ्ने वातावरणविद्हरू बताउँछन्। मौसमविद्का अनुसार चिसो याममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन्। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति