२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेशमा सुन सप्लाइदेखि जग्गा र गाडी खरिद गर्ने भनेर ७ करोड ठगी गर्ने ४ जना पक्राउ

२०८०, २ फाल्गुन बुधबार ०९:३६

फागुन २, काठमाडौँ | विदेशमा सुनका गरगहनाहरु सप्लाइ गर्ने, जग्गा किनबेच गर्ने र गाडी समेत खरिद गर्ने भन्दै व्यवसायीहरुलाई प्रलोभनमा देखाएर ७ करोड भन्दा बढी ठगी गर्ने गिरोह पक्राउ परेको छ।

पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भइ पोखराको ढुंगेपाटन बस्ने गरेका ३३ वर्षीय कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका–४ घर भइ पोखरा बस्ने गरेका ४२ वर्षीय मिना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाखर्क घर भएका ४३ वर्षीय रवीनकुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका–६ बोहोच घर भएका ३९ वर्षीय दिलिपकुमार लाभ छन्। 

पक्राउ परेका मध्ये कुमार थापा ठगीको मुख्य नाइके तथा योजनाकार हुन्। उनलाई माघ २८ गते भक्तपुरको कमलबिनायकबाट पक्राउ गरेर जिल्ला प्रहरी कास्कीको जिम्मा लगाइएको छ। उनीविरुद्ध यसअघि बैंकिङ कसुरको मुद्दामा २ करोड बिगो समेत तोकिएको थियो। 


प्रहरीका अनुसार ठगीमा मीना दमैलाई प्रयोग गरेको पाइएको छ । पुरुष भन्दा महिलालाई सहजै विश्वास गर्ने भएकाले उनीहरुले महिलालाई मोहरा बनाएको भेटिएको छ। चार जनाको समूहले पोखरादेखि, चितवन, काठमाडौं, भक्तपुरसम्म ठगी गर्ने गरेको खुलेको छ। विश्वासमा पार्नका लागि तीनजना ठगको गिरोहले एकजना महिलालाई समेत सामेल गराएर शृखलाबद्ध रुपमा ठगी गर्दै आएको खुलेको छ। अहिले चारै जनालाई पक्राउ गरी कारबाहीका लागि कास्की, चितवन पठाइएको छ। 

मिना दमैविरुद्ध पनि बैंकिङ कसुर तथा ठगीमा ३ करोड ६५ लाख ५९ हजार बिगो कायम गरिएको छ। उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भए पनि उनी फरार हुँदै आएकी थिइन्। उनलाई माघ २९ गते भक्तपुरको सल्लाघारीबाट पक्राउ गरी कास्की प्रहरीको जिम्मा लगाइएको छ। 

थापाविरुद्ध २ करोड ६० लाखको बिगो कायम गरिएको छ। उनीविरुद्ध ७ वटा मुद्दा दर्ता भए पनि फरार हुँदै आएका थिए। उनीविरुद्ध भने चितवन प्रहरीमा ठगीको उजुरी परेकाले कारबाहीका लागि चितवन पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए। 

अर्का फरार व्यक्ति दिलिपकुमार लाभलाई सिनामंगलबाट माघ २९ गते पक्राउ गरिएको थियो। उनले ११ लाख बराबरी ठगी गरेको खुलेको छ। पक्राउ परेका चार जना ७ करोड ७७ लाख ५९ हजार बराबरको बिगो कायम गरिएका व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ। 

सुरुमा कास्की प्रहरीको अनुरोधमा कुमार थापालाई अपराध अनुसन्धान कार्यालटको टोलीले पक्राउ गरेको थियो। उनले सुन व्यवसायीहरुलाई आफू विदेशमा सुनका गरगहना सप्लाई गर्ने व्यक्ति रहेको भन्दै उनीहरुबाट सुन लिएर ठगी गरेका थिए।  

यही ठगी प्रकरणमा जोडिएका अर्का पात्र वीरेन्द्र सुनारविरुद्ध कास्की प्रहरीले २ करोड ठगीको मुद्दा दायर गरेको थियो। सोही घटनामा संलग्न कुमार थापा भने फरार हुँदै आएका थिए। अपराध अनुसन्धानलाई कार्यालयको टोलीले कुमार थापालाई पक्राउ गरेपछि थप तीन जना पक्राउ परेका हुन्। 

यो समूहले विभिन्न विश्वासमा पारेर ठगी गर्ने गरेको खुलेको छ। पोखराका सुनचाँदी पसलमा सुरुमा १० लाखको गहना खरिद गर्ने, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखको गहना खरिद गरेर विश्वासमा पार्ने र त्यसपछि १ करोड ८० लाखको गहना किनेर चेक दिई हिँड्ने गरेका थियो। तर चेकमा रकम नभएपछि सुन व्यवसायीहरु ठगिदै आएका थिए।

त्यसैगरी भक्तपुरको सुडालमा अरुको नाममा रहेको जग्गा दिलाई दिने भन्दै दिलिप कुमार लाभले बैना समेत गरी ठगी गर्ने गरेको समेत खुलेको छ। निसान किक्स गाडी सञ्चालकबाट २६ रकम लिएर १२ आना जग्गा दिन्छु भन्दै गाडी लिएपछि सम्पर्कबिहिन हुने गरेको खुलेको छ।

त्यसैगरी उनीहरुले परिवार अटो प्रालिबाट प्रदेश ०१–०२३–०१४४ नम्बरको निसान गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएर रकम नै नतिरी बेपत्ता भएको समेत खुलेको एसपी रेग्मीले बताए। 

पीडितले प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि दिलिपकुमारले गाडी भने फिर्ता गरेका थिए।त्यसैगरी चितवनमा जग्गा दिन्छु भनि विभिन्न व्यवसायीहरुलाई जग्गा बैना गर्न लगाइ १ करोड ३६ लाख रुपैयाँ ठगी गरेको समेत पाइएको छ। 

मिना दमैविरुद्ध कास्कीमा ७ वटा ठगीको मुद्दा दायर भएको र चितवनमा २ वटा मुद्दा दायर भएकोमा फरार रहेको खुलेको छ। कुमार थापाले महिलाको नामबाट कारोबार गर्दा थप विश्वास होस् भनेर मिनाको नामबाट कारोबार गर्दै चेक दिने गरेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति