१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्गा प्रसाईँको टिप्पणी- दुर्गा प्रसाईँ राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो

२ फाल्गुन २०८०, बुधबार १०:५५

फागुन २, काठमाडौँ | व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नहुने बताएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रसाईँसँग भेटेपछि वार्ता गर्नको लागि समिति बनाएको थियो।

समितिमा डा. धवलशम्शेर राणा र हेमजंग गुरुङ रहेका छन्। तर, प्रसाईँले राप्रपाले आफ्नो अभियानमा सहयोग गर्न नभई बिथोल्न खोजेको आरोप लगाए।


उनले भने, ‘दुर्गा प्रसाईँ राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो। म एमालेको केन्द्रीय सदस्य छँदै छु नि त्यो भन्दा अलिक गतिलो पार्टी। म राप्रपाका मान्छे त ल्याउँदिनँ भित्रने कुरा नगर्नुस्। हिजो बिहान आएर हात मिलाएर दिउँसो आउँछु भने आएनन्। आन्दोलन बिथोल्न रहेछ। राप्रपासँग मात्रै नभएर ओली प्रचण्डसँग पनि केही नभएर वार्ता गर्नु।’

उनले आफ्नो अभियान अब लघुवित्त, सहकारीहरूलाई गाउँ पस्न रोक्दै आम हडतालको तयारीमा जुटेको बताए।

उनले थपे, ‘भोलिदेखि हाम्रो अभियान सुरु हुन्छ। गाडी र यातायात व्यवसाय पनि बन्द हुन्छन्। काठमाडौंका नाका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द गर्छौँ। म तपाईँहरू हिँडेर यहाँ आउनुपर्दैन। उही महेन्द्र राजमार्गमा सुत्ने। अब यो आन्दोलनले तस्कर र नेताका घरमा ढुंगा हान्छन्। अब नेता नलखेटी हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ