नेपालले गुमायो ६ विकेट, २ रन मात्रै जोडेर आउट भए सोमपाल

Posted on: 15 Feb, 2024

फागुन ३, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले ६ विकेट गुमाएको छ ।

२२ ओभरमा ७३ रनमात्रै जोडेको नेपालले सोमपाल कामीलाई छैटौँ विकेटका रुपमा गुमाएको छ । ६ बल खेलेका उनले २ रन मात्रै जोड्न सके ।

यसअघि पाँचौँ विकेटका रुपमा कुशल मल्ल १५ रनमा आउट भएका थिए ।

त्यसअघि कप्तान रोहित पौडेललाई १ रनमा आउट भएका थिए । ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ ४ रनमा आउट भए ।

अनिल साहले ८ रन मात्रै जोड्न सके ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!