‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर नाबालिगमाथि बलात्कार, १८ वर्षीय किशोर पक्राउ

Posted on: 15 Feb, 2024

फागुन ३, लहान | सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। 

प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। 


बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!