१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी, ४४ रन बनाएका भीम सार्की पनि आउट

३ फाल्गुन २०८०, बिहीबार ०६:०१

फागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी बनेको छ ।  यो समाचार तयार पार्दासम्म नेपालले ९४ रनमा ७ विकेट गुमाएको छ । क्रिजमा एक्लै संघर्ष गरिरहेका भीम सार्की पनि आउट भएका छन् । उनले ८६ बलको सामना गर्दै ४४ रन बनाए ।


टस जितेको नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालका ओपनर कुशल भुर्तेललाई पहिलो बलमै आउट गरेर नामिबियाले उत्कृष्ट सुरुवात गर्‍यो । त्यसपछि थप तीन विकेट नेपालले छिट्टै गुमायो ।

उत्कृष्ट फर्ममा रहेका अनिल शाहलाई आज नेपालले तेस्रो नम्बरमा पठाएको थियो । तर, उनी आज चलेनन् । एकै ओभरमा दुईवटा चौका हानेपछि उनी एलबीडब्लु आउट भए । अनिलले ६ बलमा ८ रन मात्र जोड्न सके ।

आसिफ शेखले आज पनि निराश बनाए । उनी ११ बलमा ४ रन बनाएर आउट हुँदा नेपाल १३ रनमा ३ विकेटको स्थितिमा खस्कियो । त्यसपछि कप्तान रोहित पौडेलले पनि कुनै चमत्कार गर्न सकेनन् । १३ बलको सामना गरेका पौडेले एक रन मात्रै जोडेर आउट भए ।

पाचौं नम्बरमा आएका भीम सार्की क्रिजमा डटेका थिए । उनलाई कुशल मल्लले केहीबेर साथ थिए । उनीहरुबीच आशालाग्दो साझेदारी भएको थियो । तर, १९।५ ओभरमा नेपालले ६७ रन बनाउँदा नेपाललाई ठूलो झट्का लाग्यो । कुशल १५ रनमा आउट भए । उनले एक चौका र एक छक्का हानेका थिए । कुशल र भीमबीच ४६ रनको साझेदारी भएको थियो ।

कुशल लगत्तै सोमपाल कामी पनि पेभिलियन फर्किए् । उनले ६ बलको सामना गरेर २ रन मात्र जोड्न सके । अहिले क्रिजमा भीमलाई साथ दिन गुल्शन झा आए । तर, भीम पनि आउट भएपनि नेपाल सस्तैमा समेटिने खतरा उन्मुख बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ