२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी, ४४ रन बनाएका भीम सार्की पनि आउट

२०८०, ३ फाल्गुन बिहीबार ०६:०१

फागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी बनेको छ ।  यो समाचार तयार पार्दासम्म नेपालले ९४ रनमा ७ विकेट गुमाएको छ । क्रिजमा एक्लै संघर्ष गरिरहेका भीम सार्की पनि आउट भएका छन् । उनले ८६ बलको सामना गर्दै ४४ रन बनाए ।


टस जितेको नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालका ओपनर कुशल भुर्तेललाई पहिलो बलमै आउट गरेर नामिबियाले उत्कृष्ट सुरुवात गर्‍यो । त्यसपछि थप तीन विकेट नेपालले छिट्टै गुमायो ।

उत्कृष्ट फर्ममा रहेका अनिल शाहलाई आज नेपालले तेस्रो नम्बरमा पठाएको थियो । तर, उनी आज चलेनन् । एकै ओभरमा दुईवटा चौका हानेपछि उनी एलबीडब्लु आउट भए । अनिलले ६ बलमा ८ रन मात्र जोड्न सके ।

आसिफ शेखले आज पनि निराश बनाए । उनी ११ बलमा ४ रन बनाएर आउट हुँदा नेपाल १३ रनमा ३ विकेटको स्थितिमा खस्कियो । त्यसपछि कप्तान रोहित पौडेलले पनि कुनै चमत्कार गर्न सकेनन् । १३ बलको सामना गरेका पौडेले एक रन मात्रै जोडेर आउट भए ।

पाचौं नम्बरमा आएका भीम सार्की क्रिजमा डटेका थिए । उनलाई कुशल मल्लले केहीबेर साथ थिए । उनीहरुबीच आशालाग्दो साझेदारी भएको थियो । तर, १९।५ ओभरमा नेपालले ६७ रन बनाउँदा नेपाललाई ठूलो झट्का लाग्यो । कुशल १५ रनमा आउट भए । उनले एक चौका र एक छक्का हानेका थिए । कुशल र भीमबीच ४६ रनको साझेदारी भएको थियो ।

कुशल लगत्तै सोमपाल कामी पनि पेभिलियन फर्किए् । उनले ६ बलको सामना गरेर २ रन मात्र जोड्न सके । अहिले क्रिजमा भीमलाई साथ दिन गुल्शन झा आए । तर, भीम पनि आउट भएपनि नेपाल सस्तैमा समेटिने खतरा उन्मुख बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति