हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार?

Posted on: 15 Feb, 2024

फागुन ३, काठमाडौँ | नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही मूल्मा किनबेच भएको थियो । बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको थियो । यता, बिहिबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ

बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१.५६ डलरमा र चाँदी प्रतिऔंस २२.३९ डलरमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!