२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मृतकको व्यक्तिहरूको खाताबाट पेन्सन निकालेको आरोपमा बैंकका कर्मचारी पक्राउ

२०८०, ३ फाल्गुन बिहीबार १२:१६

फागुन ३, काठमाडौँ | मृतक व्यक्तिहरूको खाताबाट पेन्सन निकालेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेका छन्।

प्रहरीका अनुसार राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्ज शाखाका कार्यालय सहयोगी रामेछाप लिखु देउराली गाउँपालिका-६ का ५५ वर्षीय पुण्यप्रसाद अधिकारी पक्राउ परेका हुन्।

उनलाई बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। 

उनले मृतक ८ जनाको पेन्सन केही वर्षदेखि लगातार निकाल्दै आएको प्रहरीले जनाएको छ। त्यसका लागि उनले मृतक व्यक्तिहरूको पेन्सन पट्टा तथा चेकबुक आफूले राख्ने गरेका थिए।

पुण्यले उनीहरूले खाता खोल्दाको नागरिकता र पुरानो फोटो टाँसी नयाँ दस्तखत नमूना कार्ड आफैंले तयार गरी पैसा निकाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। 

उनलाई बैंकिङ कसुर तथा ठगीसम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनबाट म्याद  थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो