२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

अम्लाबाँस सामुदायिक वन नमुना बन्दै

३ कार्तिक २०७३, बुधबार ०८:००

कात्तिक ३, पाल्पा । छहरा गाविस– ५ स्थित अम्लाबाँस लेकसल्लेरी सामुदायिक वन स्थानीयवासीको अग्रसरतामा हराभरा बन्दै गएको छ । 

उक्त सामुदायिक वनमा २४० प्रजातिका जडीबुटी, जडीबुटी खेती र नर्सरी सञ्चालन गरिएको छ । नमुना सामुदायिक वन बनाउन स्थानीयवासीले नियमित रुपमा आलोपालो गरी संरक्षणमा जुटेका छन् । खाली जग्गामा धमाधम बिरुवा रोप्ने काम भइरहेको छ । 

सामुदायिक वनको क्षेत्रमा नमुना काम गरेको भन्दै उक्त वनले रु एक लाखको ‘गणेशमानसिंह राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको थियो । उक्त सामुदायिक वनका अध्यक्ष माधव घिमिरेका अनुसार चिराइतो, ओखर, अम्बा, लौठसल्ला, रिठ्ठा, तेजपात, टिमुरलगायतका जडीबुटी खेतीबाट स्थानीयवासीले जीविकोपार्जन गर्दैआएका छन् । 

अम्रिसो र बाँसले भूक्षयबाट जोगाएको छ भने अम्रिसो र बाँसबाट स्थानीवासीले नियमित रुपमा आम्दानी गर्दैआएका छन् । नर्सरीमा तेजपात र सुन्तलाका बिरुवा हुर्किदै छन् । दाउरा र घाँसका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । स्थानीयवासी भुवन रायमाझीका अनुसार अहिले जङ्गलमा मृग, चितुवालगायत जनावर देखिन थालेका छन् । जिल्ला वन अधिकृत दधिलाल कँडेल सो वन देशकै नमुना वनका रुपमा विकसित हुँदै गएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव