२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

अम्लाबाँस सामुदायिक वन नमुना बन्दै

२०७३, ३ कार्तिक बुधबार ०८:००

कात्तिक ३, पाल्पा । छहरा गाविस– ५ स्थित अम्लाबाँस लेकसल्लेरी सामुदायिक वन स्थानीयवासीको अग्रसरतामा हराभरा बन्दै गएको छ । 

उक्त सामुदायिक वनमा २४० प्रजातिका जडीबुटी, जडीबुटी खेती र नर्सरी सञ्चालन गरिएको छ । नमुना सामुदायिक वन बनाउन स्थानीयवासीले नियमित रुपमा आलोपालो गरी संरक्षणमा जुटेका छन् । खाली जग्गामा धमाधम बिरुवा रोप्ने काम भइरहेको छ । 

सामुदायिक वनको क्षेत्रमा नमुना काम गरेको भन्दै उक्त वनले रु एक लाखको ‘गणेशमानसिंह राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको थियो । उक्त सामुदायिक वनका अध्यक्ष माधव घिमिरेका अनुसार चिराइतो, ओखर, अम्बा, लौठसल्ला, रिठ्ठा, तेजपात, टिमुरलगायतका जडीबुटी खेतीबाट स्थानीयवासीले जीविकोपार्जन गर्दैआएका छन् । 

अम्रिसो र बाँसले भूक्षयबाट जोगाएको छ भने अम्रिसो र बाँसबाट स्थानीवासीले नियमित रुपमा आम्दानी गर्दैआएका छन् । नर्सरीमा तेजपात र सुन्तलाका बिरुवा हुर्किदै छन् । दाउरा र घाँसका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । स्थानीयवासी भुवन रायमाझीका अनुसार अहिले जङ्गलमा मृग, चितुवालगायत जनावर देखिन थालेका छन् । जिल्ला वन अधिकृत दधिलाल कँडेल सो वन देशकै नमुना वनका रुपमा विकसित हुँदै गएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने