२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कस्तो हुनेछ आइफोन १६? लिक भयो तस्वीर

२०८०, ४ फाल्गुन शुक्रबार ०७:४०

फागुन ४, काठमाडौँ | एप्पल आइफोनको बहुप्रतिक्षित नयाँ संस्करण आइफोन १६ सिरिजका बारेमा विभिन्न समाचारहरु सार्वजनिक हुन थालेका छन् ।

पछिल्लोपटक सार्वजनिक भएको तस्वीरले आगामी सेप्टेम्बरमा लञ्च हुने अपेक्षा गरिएको आइफोन १६ को डिजाइनको बारेमा खुलासा गरिदिएको छ । जस अनुसार आइफोन १६ को क्यामरा मोड्युल आइफोन ११ र आइफोन १२ जस्तै हुनेछ ।

आइफोन १६ मा भर्टिकल क्यामरा मोड्युल हुनसक्नेछ, जुन आइफोन १२ मा थियो । यसका अलावा फोनको क्यामरा डिजाइन केही हदसम्म आइफोन एक्स सिरिजबाट पनि प्रभावित हुनेछ ।

इसको अर्थ एप्पलको आगामी आइफोन १६ सिरिज एकअर्थमा आइफोन एक्स र आइफोन १२ को मिश्रणको रुपमा रहनेछ । यद्यपि यसको फ्रन्ट अर्थात् अगाडि पट्टिको भाग भने नितान्त फरक हुनेछ ।

सोसल मिडियामा आइफोन १६ का विषयमा विभिन्न मिमहरु प्नि बनिरहेका छन् । जसमा आइफोन १२ प्रयोगकर्ताहरुले आइफोन १३, १४ र १५ का प्रयोगकर्ताहरुको खिल्ली उडाइरहेका छन् । आइफोन १६ मा हुने भनिएको क्यामरा डिजाइनलाई लिएर आइफोन १२ का प्रयोगकर्ता मख्ख छन् ।

आइफोन १६ मा ६.१ इन्च र आइफोन १६ प्लसमा ६.७ इन्चको डिस्प्ले हुनेछ । त्यस्तै आइफोन १६ प्रो मा ६.३ इन्चका साथै आइफोन १६ प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले हुने बताइएको छ ।

आइफोन १६ को प्रो सिरिजपमा ए १८ प्रो चिपसेट हुनेछ । त्यस्तै नन प्रो भेरियन्टमा चाहिँ ए १७ चिपसेट हुनेछ । यसका अलावा आइफोन १६ सिरिजमा ४८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामरा लेन्स हुने अपेक्षा गरिएको छ । यसमा ठूलो ब्याट्री र चार्जिङ क्षमता पनि उच्च हुनेछ ।

लिक भएको रिपोर्ट अनुसार आइफोन १६ प्रो म्याक्समा ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ । त्यस्तै आइफोन १६ मा ३५६१ र आइफोन १६ प्लसमा ४००० एमएएचको ब्याट्री हुनेछ । साथै यसमा ४० वाटको वायर्ड चार्जिङ र २० वाटको मेगासेफ चार्जिङ उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो