भारतमा किसान आन्दोलनः हृदयघातका कारण प्रदर्शनस्थलमै किसानको मृत्यु

Posted on: 16 Feb, 2024

फागुन ४, काठमाडौँ | पञ्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।

बीबीसीका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो।

हृदयघातको कारण ज्ञानको मृत्यु भएको राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा. हरनाम सिंहले बताए ।

किसान नेता सर्वन सिंह पन्धेरका अनुसार मृतक मजदूर संघर्ष समिति पञ्जाबमा आबद्ध थिए ।

शम्भु सीमामा किसानको प्रदर्शनको शुक्रबार चौथो दिन हो । बिहिबार राति किसान नेता र केन्द्र सरकारका मन्त्रीहरूबीचको वार्तामा कुनै समाधान हुन सकेन ।

शम्भु सीमामा किसान र सुरक्षाकर्मीबीच पटक पटक झडप भएको छ । किसानलाई रोक्न सुरक्षा बलले अश्रुग्यास समेत प्रहार गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!