२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको राष्ट्रिय वनको बहुमूल्य जातका काठ तस्करी

२०८०, ४ फाल्गुन शुक्रबार ०८:१८

फागुन ४, सर्लाही | सर्लाहीको राष्ट्रिय वनमा दर्जनौँ बहुमूल्य जातका साल काठ काटिएका छन् । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, मूर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ । 

सागनाथ वन विकास परिवजना सूरु भएको ४५ बर्ष पूगेको छ । सिसौ मसला लगायत छिटो हुर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा सरकारले यो परिवजना सुरु गरेको हो । परिवजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा करिब १३ हजार ५सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन गर्‍यो । २०३५सालमा साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समितिअन्तर्गत सागरनाथ वन परिवजना स्थापना भएको हो । 


परियोजना क्षेत्रमा तस्करीहरुले व्यापक वन फँडानी गरेकोे छ । स्थानीयबासीका अनुसार सागरनाथ वन विकास परियोजना निमित्त कार्यालय प्रमुख शिवेन्द्र प्रसाद चौधरीकै मिलोमतोमा सो क्षेत्रमा खयर साल टिकका रुख काटिएका छन् ।  सर्लाहीमा परियोजनामार्फत् नै संरक्षण गरिएका वनहरुमा अहिले तस्करको चहलपहल बढेको आराेप छ । वन कर्मचारीसँगको सेटिङमा सागरनाथ वनमा तस्करले गतिविधि बढेको स्थानीय नागेश्वर महताले बताए । वन फडानीका गतिविधि बढ्दा पनि परियोजना निमित्त कार्यालय प्रमुख चौधरी मौन समर्थन जनाइरहेको स्थानीय बताउँछन् । 

सागरनाथ वन विकास परियोजनाको सागरनाथ, हातीलेद,मुर्तीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा दिनहू तस्करहरुले वन फँडानी गरेको पाइएको छ । हातीलेद वन कार्यालयको क्षेत्रमा पर्ने महोत्तरिको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदासमेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् । सागरनाथ वन विकास परियोजना अन्त्रगतको हातीलेदका वन ब्यबस्थापन शाखाका शाखा प्रमुख विधाशागर कर्णकै मिलेमतोमा बहुमूल्य जातका साल खयर टिक लगायतका काठ काटिएका छन् । 

वन बिकाश परियोजनामा दिउँसो र राति वन गस्तीका लागि वन हेरालु राखिएकाे छ । तर, उनीहरु वन नै नगई परियोजनामै समय बिताएका छन् । पूर्व-पश्चिम राजमार्ग नजिकै सालका रुख काटिएको छ । रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिछ । तस्करहरुले वन कर्मचारीहरु सँग सेटिङ मिलाएर रुख काट्ने र ओसारपसार गर्ने गरेको स्थानीय रामबली पन्डितले बताएका छन । 

सागरनाथ वन विकास परियोजना निमित्त प्रमुख चौधरि सहित परियोजनाका रेन्जर र वन हेरालुहरु मौन देखिनु ले उनीहरुको संग्लग्नतामा परियोजना भित्रको सागरनाथ,हातीलेद, मुर्तीया जंगलमा व्यापक काठ तस्करी भएको पाइएको स्थानीयले बताएका छन् । वन कर्मचारीकै सेटिङमा सर्लाहीको मुख्य बाटो भएर जिल्लाबाहिर काट पुग्दासमेत परियोजना कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको छन् ।

परियोजनामा काठ तस्करी हुँदा समेत निमित्त कार्यालय प्रमुख चौधरी र हातीलेदका वन व्यवस्था  शाखाका शाखा प्रमुख कर्ण मौन बस्नुले धेरै शंका उब्जाएकाे छ । परियोजनाका निमित्त प्रमुख कर्णले परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नहुँदा तलव खान नपाएको बताए ।

वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर, कानुन पालना गराउने निकाय एव‌ं व्यक्तिहरुले खासै चासो नदिँदा तस्करहरुको मनोवल बढ्दै गइरहेको छ ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो