२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थल ५ दिन बन्द हुन सक्ने!

४ फाल्गुन २०८०, शुक्रबार ०९:०३

फागुन ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ। 

 'ट्याक्सी वे'लाई धावनमार्ग(रनवे) सम्म जोड्ने कामका लागि  विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताएका हुन् ।  धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो) बनिरहेको छ। त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी-वे निर्माणको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको छ।


रन-वे र ट्याक्सी-वे बीचको कनेक्सन जडानको काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताए। यसका लागि अहिलेदेखि नै सूचना दिइएको उनले बताए।

'रनवेबाट ७५ मिटर दायाँबायाँ दूरीमा चार मिटर गहिरो खाल्डो खनेर पुर्नु धेरै संवेदनशील काम पनि हो,' श्रेष्ठले भने, 'कालो माटो र पानी निस्कियो अथवा केही समस्या देखियो भने अहिलेको समयले पुग्दैन। थप समय लाग्ने देखिएमा रनवे नै बन्द गरेर काम गर्नुपर्ने हुन्छ।'

न्यूनतम ८ देखि १० घण्टा समय लाग्ने भएपनि प्रतिकूल अवस्थामा भने लामो सयम नै विमानस्थल बन्द हुन सक्ने उनकाे भनाइ छ। तर सकेसम्म कमभन्दा कम समय विमानस्थल बन्द गरेर काम गर्ने विषयमा अध्ययन भइरहेको छ।

उनका अनुसार त्यस्तो परिस्थिति आएमा विमानस्थलसँग जोडिएका वायुसेवाहरूलाई सूचना दिएर बन्द गरिनेछ। रनवेसम्म ट्याक्सी वे पुर्‍याउनका लागि भने अझै ३/४ महिना लाग्छ। उनका अनुसार सन् २०२४ को नोभेम्बर तथा २०२५ को जनवरीमा उक्त काम हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो