२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुरही खोलामा बिलायो वैदेशिक रोजगारीमा गएर छोराछोरीको भविष्य बनाउने राहुलको सपना

२०८०, ४ फाल्गुन शुक्रबार १०:१२

फागुन ४, काठमाडौँ | भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुल कामीको शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएको थियो । त्यसकै लागि उनी बुधबार घरबाट बिदावारी भएर हिँडेका थिए ।

तर, उनी मलेसिया त के काठमाडौंसम्म पनि पुग्न पाएनन् । बुधबार कपिलवस्तुमा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए । वैदेशिक रोजगारीमा गएर परिवारको खर्च चलाउने र  छोराछोरीको भविष्य बनाउने राहुलको सपना कपिलवस्तुको सुरही खोलामा बिलायो ।


‘जाने बेला बाटोमै भेट भएको थियो, अब फोनमै कुरा गरौंला भन्दै बिदा मागेको थियो,’ भीमदत्त नगरपालिका–१ का वडा सदस्यसमेत रहेका राहुलका छिमेकी भोजराज पाण्डेयले भने, ‘त्यही भेट अन्तिम भयो, बिहानै दुःखद खबर सुनियो ।’ 

राहुलका ससुरा शंकर पार्कीले भने, ‘हाँसीखुसी सबैले बिदा गरेका थियौं, त्यो खुसी एक दिन पनि रहेन ।’ राहुलका ५ वर्षका छोरा र १ वर्षकी छोरी छन् । तिनै छोराछोरीको भविष्य हेर्दै उनी वैदेशिक रोजगारीमा जान लागेका थिए ।

उनी यसअघि पनि वैदेशिक रोजगारीकै लागि दुबईमा बसेर फर्केका थिए । डेढ वर्ष जति घरमा बसेर फेरि जान लागेका थिए । राहुलले वैदेशिक रोजगारीकै आम्दानीबाट आधा कट्ठा जमिन किनेर घर बनाएका छन् । घरखर्च चलाउनेदेखि बालबच्चा पढाउन समस्या भएपछि उनी फेरि विदेश जान खोजेका हुन् ।  वडा सदस्य पाण्डेयका अनुसार दुर्घटनामा बाह्रकुण्डाकै खगेश्वरी खातीको पनि मृत्यु भएको छ । एउटै टोलमा दुई जनाको मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको छ । कपिलवस्तु दुर्घटनामा कञ्चनपुरका सात जनाको मृत्यु भएको छ । जसमध्ये भीमदत्त नगरपालिकाका मात्रै ५ जना छन् । ‘निकै दुःखद घटना भयो, अधिकांश युवाले ज्यान गुमाएका छन्,’ भीमदत्त नगर प्रमुख पदम बोगटीले भने । दुर्घटनामा पुनर्वास नगरपालिका–९ बिचफाँटाका एउटै परिवारका दुई जनाको मृत्यु भएको छ । किसन भट्ट र विमलादेवी भट्ट दुवै श्रीमान्–श्रीमती हुन् । पुनर्वास नगर प्रमुख तोयप्रसाद शर्माका अनुसार उनीहरू दुवै काठमाडौंमा बस्ने छोराबुहारी भेट्न जाँदै थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो