‘रुसी सेनामा भर्ती भएर भागेका ४० जना नेपाली जंगलमा अलपत्र, ९४ जनाको मृत्यु’

Posted on: 18 Feb, 2024

फागुन ६, काठमाडौं | रास्वपाका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 


आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

साथै उनले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिए । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताए । उनले उक्त तथ्यांक अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!