२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युक्रेनले थप हतियार नपाए युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो : जेलेन्स्की

२०८०, ६ फाल्गुन आईतवार ०७:०३

फागुन ६,  किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियारको माग गरेका छन् । युक्रेनले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने जेलेन्स्कीले बताएका छन् । अहिले हतियारको कृत्रिम अभाव सिर्जना भएको छ । यसले रुसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीले जर्मनीमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भनेका हुन् ।

 उनका अनुसार युक्रेनी सेनासँग हतियार र गोला बारुद सकिएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने अमेरिकी संसदमा युक्रेनलाई आर्थिक सहयोग गर्ने प्रस्तावलाई अड्किएको पनि उनले बताए । 

आफू ट्रम्पसँग सीमामा जान पनि तयार रहेको उनले बताए । ‘यदि ट्रम्प सत्तामा फर्किए भने म उनीसँग सीमामा जान तयार छु । मेरो मतलब वास्तविक युद्धसँग हो । इन्स्टाग्राममा लडिरहेको युद्धसँग होइन । म वास्तविक रणभूमिको कुरा गर्दैछु,’ जेलेन्स्कीले भने । युक्रेनको पूर्वी सहर एभडिभकाबाट युक्रेनले आफ्ना सेना फिर्ता बोलाएका छन् । यस सहरमा युक्रेनी सेनाले हतियार र गोलाबारुदको अभाव भोगिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो