प्रेम सुवालको टिप्पणी- बजेट अर्थमन्त्रीको पेवा होइन, मनपरी गर्न पाइँदैन

Posted on: 18 Feb, 2024

फागुन ६, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् ।

सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस बिरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए ।

संसद सदस्यको,सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने सांसद सुवालको भनाई थियो । उहाँले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए

‘सामान्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्र होइन । यो अध्यादेशमा समेट्नुपर्ने विषयतर्फ म अर्थमन्त्रीजीको अध्यानाकर्षण गराउन चाहन्छु । अर्थमन्त्रीले संघीय संसद र समितिका बैठकहरुमा संसदका सदस्यहरुबाट प्राप्त सुझाव अनुसार बजेटको कार्यक्रमको सिद्धान्त र प्राथमिकता, नेपाल सरकारको नीति तथा कार्यक्रम बजेट निर्माण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने । बजेटको व्याख्यात्मक टिप्पणीमा कुन सांसदको सुझाव हो, त्यो बजेट पर्नुकोकारण । त्यो समेत राख्नुपर्छ । अर्थमन्त्रीले खुरुखुरु लेख्ने प्रजातन्त्र होइन । संसद सदस्यको, संसदको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र हो । अर्थ मन्त्रालयको कोष भनेको जनताको राजश्व हो । अर्थमन्त्री पेवा होइन । अर्थमन्त्रीले यो मेरो ढुकुटी हो । यो मैले छुन दिन्न भन्न पाउँदैन । त्यसकारण कुनै शिर्षक राख्ने हो भने अर्थमन्त्रीले फलाना सांसदले देश र जनताको हितमा यो विषय सुझाव दिनु भएकाले मैले यो शिर्षक राखेको हुँ भन्न सक्नुपर्छ । मनपरी गर्न पाइँदैन । बजेट निर्माण गर्नुअघि सांसदहरुलाई सम्बन्धित निर्वाचन क्षेत्रमा जनतासँग सुझाव लिन दिनुपर्छ । त्यो सुझावमा जे आउँछ, त्यस आधारमा मात्रै बजेट बनाउन पाइन्छ । त्यो भन्दा यताउता गर्न पाइँदैन । त्यस्तो यो अध्यादेशमा आउनुपर्ने हो, आएन । र विदेशी दलालहरुसँग अर्थमन्त्रीले बजेट बनाउन सुझाव दिन पाइँदैन ’  उनले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!