१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरी भत्ता र कामबाट बिदा लिन १७ पटक गर्भधारणको नाटक गरेपछि…

६ फाल्गुन २०८०, आईतवार १०:५८

फागुन ६, एजेन्सी । इटलीमा एक जना महिलामाथि कम्तिमा पनि १७ पटक गर्भधारणको झुठो नाटक गरेको आरोप लागेको छ । गएको २४ वर्षमा १ लाख १० हजार यूरो बराबरको सुत्केरी भत्ता लिन महिलाले गर्भधारणको नाटक गरेको खुलासा भएको हो । १७ मध्ये १२ ओटा गर्भधारणमा बच्चा जन्मिन सकेनन् भन्ने र ५ ओटामा बच्चा जन्मिएको झुठो प्रमाणपत्र पेश गरिएको थियो ।


पछिल्ला २४ वर्षमा बारबरा लाएल नाम गरेकी ५० वर्षीय महिला १७ पटक गर्भवती भइन् । यसका कारण उनले वर्षौसम्म सुत्केरी बिदा लिइन् भने सरकारले दिने सुत्केरी भत्ता बापत पनि ठूलो रकम लिइन् । ती महिलाले बुझाएको कागजपत्रका अनुसार १२ पटकसम्म गर्भ तुहियो, अन्य पाँच पटकमा भने उनले ५ ओटा सन्तानलाई जन्म दिइन् ।

तर न त ती बच्चाको कतै जन्मदर्ता भएको छ न त कसैले तिनीहरूलाई देखेकै छन् । कान्छो बच्चालाई बारबराले गएको वर्ष डिसेम्बरमा जन्म दिइएको बताइएको छ । तर पछिल्लो गर्भधारणयता उनी अधिकारीहरुको निगरानीमा  थिइन् । उनी गर्भवती नै नभएको प्रमाण अधिकारीहरुले फेला पारेका छन् । बारबराले १ लाख १० हजार यूरो कुम्ल्याउन र कामबाट बिदा लिन गर्भवती भएको नाटक गरेको अधिकारीहरुको आरोप छ ।

आफ्नो झुटलाई सत्य साबित गर्न महिलाले रोमका क्लिनिकहरुबाट जन्मदर्ताको प्रमाणपत्र चोरेकी थिइन् भने नक्कली कागजपत्र बनाएकी थिइन् । डाक्टरको हस्ताक्षर पनि उनी आफैंले गरेकी थिइन् । उनी पेट भुक्क देखाउन पेटमा तकिया हालेर हिड्थिन् । उनी गर्भवती महिला जस्तै गरी हिँड्थिन् । बारबराले सन् २००० देखि नै यस्तो काम गर्न थालेकी थिइन् ।

१६ पटकसम्म त उनी त्यो नाटक गर्न सफल भइन् । तर गतवर्ष उनको झुठ पर्दाफास भयो । त्यसपछि श्रम प्रहरीले उनका सबै अघिल्ला गर्भधारणबारे छानबिन शुरु गरे । बारबरा गर्भवती नभएको भन्नेबारे सन् २०१२ देखि नै थाहा भएको सोधपुछको क्रममा बारबराका पार्टनरले भनेका छन् । सजाय घटाउन उनले बारबराविरुद्ध बयान दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ