मेलम्ची खानेपानीमा भ्रष्टाचार: तत्कालीन तीन सचिवसहित १८ जना विरुद्ध मुद्दा

Posted on: 18 Feb, 2024

फागुन ६, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा तीन पूर्वसचिवहरूसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

पूर्वसचिवहरु सञ्जय शर्मा, गजेन्द्र ठाकुर र भिम उपाध्ययसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

८५ करोड ९१ लाख रुपैयाँ हिनामिनाको अभियोग उनीहरुमाथि छ। आयोगले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाएको छ।

उनकाअनुसार मेलम्ची आयोजनाको निर्माण व्यवसायी सिएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ।

आयोगले तत्कालीन मेलम्ची आयोजना बोर्डका तत्कालनीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव सञ्जय शर्मा, अर्थमन्त्रालयका तत्कालीन सह-सचिव मुकुन्दप्रसाद पौडेलविरूद्ध पनि मुद्दा दर्ता गरेको छ।

उनीहरूबाट ६ करोड ९७ लाख ८२ हजार १७८ रूपैयाँ बिगो दाबी गरिएको छ। त्यस्तै मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यक्षसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो मागदाबी गरिएको छ। मेलम्ची खानेपानी बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ बिगो माग दाबी गर्दै उनीविरूद्ध पनि मुद्दा दायर गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!