२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दोलखाका एमाले नेताको आत्महत्या प्रकरण: ५ जना पक्राउ, आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

२०८०, ६ फाल्गुन आईतवार ११:४५

फागुन ६, काठमाडौँ | नेकपा (एमाले) दोलखाका जिल्ला समिति सदस्य कपिलमणि न्यौपाने मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आरोपीहरूलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको दोलखाका डीएसपी दीपक खड्काले बताए ।

पक्राउ पर्नेमा मेलुङ गाउँपालिका–१ स्थित सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष छत्रराज उप्रेती, सहकारीको सञ्चालक समिति सचिव हरिबहादुर बुढा, व्यवस्थापक महेन्द्र भुजेल, सह–सचिव शिवकुमार कार्की र सहकारीको सञ्चालक समितिका उपाध्यक्ष पुष्पाबहादुर लकाई छन् ।


माघ १५ मा राति कपिलमणि न्यौपानेको घरमा सञ्चालित सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो । सो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरयो । तर, संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।

चोरी भएको सहकारीको भल्ट र रकम फेला परेको छैन । प्रहरीले पक्राउ गरेर चोरीमा संलग्न नदेखिएपछि कपिलमणिलाई पनि प्रहरीले रिहा गरेको थियो । फागुन २ मा रिहा भएर घर गएका न्यौपानेले शनिवार बिहान ५ बजे आत्महत्या गरे । मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी स्थित घर नजिकै आँपको रुखमा झुन्डिएको अवस्थामा न्यौपाने मृत फेला परेका हुन् ।

कपिलमणिले सामाजिक सञ्जालमा लेखेको सुसाइट नोटको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । न्यौपानेले नोटमा आफूलाई आत्महत्या दुरुत्साहन गर्नेहरूको नाम उल्लेख गरेका छन् ।

उनले नोटमा लेखेका छन्– ‘सहकारी चोरीको घटना सञ्चालकले गरेको नाटक हो । यो वर्षौँदेखि बनाएको योजनाअनुसार मलाई फसाउन खोजिएको हो । सञ्चालकले खाएको ऋण र  तिरेको भौचर अनुसार हेर्नु यसमा घोटाला छ । यससँगै मुकुन्द शोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला महेन्द्रको हात छ । मैले लिएको ऋण नरेलाई दिएको छ । मैले कुनै सामाजिक अपराध गरेको छैन, राम्ररी छानबिन गर्नु ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो