२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनता जनार्दनले जे भन्छन्- त्यो सुनौं : पूर्वराजा शाह

२०८०, ६ फाल्गुन आईतवार १२:१५

फागुन ६, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन्।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै शाहले जनता जनार्दनले जे भन्छन् त्यो सुन्नुपर्ने बताएका छन्। उनले राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनुपर्ने बताए।


‘राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौं। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रहिरहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं,’ सन्देशमा भनिएको छ।

उनले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने भन्दै उनले आफ्नो श्रोत, साधन र सिप सबै समाहित हुनुपर्ने बताए।

‘यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ। सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ,’ शाहले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति