१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बरूण धवन बाबु बन्दै, सेयर गरे तस्विर

७ फाल्गुन २०८०, सोमबार ०५:३१

फागुन ७, मुम्बइ | बलिउडका चर्चित अभिनेता वरुण धवन बुवा बन्न लागेका छन् । उनले यो  आफैले सेयर गरेका हुन् । वरुणले आफ्नी पत्नी नताशा दलालसँगको एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नो बेबी बम्प फ्लान्ट गरेको देखिन्छ ।

वरुणको यो तस्बिरमा उनका फ्यान, सहकलाकार र अन्य धेरै बलिउड स्टारहरुले उनलाई बधाई दिइरहेका छन् । बरुण धवन र नताशा दलालले वर्षौंदेखि एक अर्कालाई चिनेका भए पनि २०२१ मा विवाह गरेका थिए। अब अन्ततः दुवै आमाबाबु बन्न लागेका छन् र स्पष्ट रूपमा यो जोडी धेरै खुसी छ।


वरुण धवनले एउटा सुन्दर तस्विर सेयर गरेका छन्, जसमा उनी नताशा दलालको बेबी बम्पलाई चुम्बन गरिरहेको देखिन्छ । यो तस्बिर निकै मनमोहक देखिन्छ र यसको क्याप्सनमा लेखिएको छ, ‘हामी गर्भवती छौं र तपाईहरुको माया र प्रार्थना चाहिन्छ।’ यससँगै वरुणले मेरी परिवार मेरी स्ट्रेन्थ ह्यासट्याग पनि लेखेका छन् ।

यो तस्विरमा जान्हवी कपुर र सानिया मिर्जाले वरुण धवनलाई बधाई दिएका छन् । जहाँ अर्जुन कपुरले डैडी मम्मी नम्बर १ लेखेका छन् । यिनीहरु बाहेक सोनम कपुर, भूमि पेडनेकर, अरमान मलिक, मलाइका अरोरा, अनिल कपुर लगायत धेरै स्टारहरुले बधाई दिदै हार्ट इमोजी बनाएका छन् । बरुण र नताशालाई फिल्म स्टारका अलावा फ्यानहरुले पनि बधाई दिइरहेका छन् ।

वरुण धवनको ‘भेडिया २’ र ‘बेबी जोन’ जस्ता फिल्म पाइपलाइनमा छन् भने उनी फिल्म ‘स्त्री २’ मा पनि केमियो भूमिकामा रहने छन्। नताशा दलालको कुरा गर्दा उनी फिल्मी दुनियाँबाट टाढै रहन्छिन् र लाइमलाइटको हिस्सा बन्न कमै रुचाउँछिन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ