२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बरूण धवन बाबु बन्दै, सेयर गरे तस्विर

२०८०, ७ फाल्गुन सोमबार ०५:३१

फागुन ७, मुम्बइ | बलिउडका चर्चित अभिनेता वरुण धवन बुवा बन्न लागेका छन् । उनले यो  आफैले सेयर गरेका हुन् । वरुणले आफ्नी पत्नी नताशा दलालसँगको एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नो बेबी बम्प फ्लान्ट गरेको देखिन्छ ।

वरुणको यो तस्बिरमा उनका फ्यान, सहकलाकार र अन्य धेरै बलिउड स्टारहरुले उनलाई बधाई दिइरहेका छन् । बरुण धवन र नताशा दलालले वर्षौंदेखि एक अर्कालाई चिनेका भए पनि २०२१ मा विवाह गरेका थिए। अब अन्ततः दुवै आमाबाबु बन्न लागेका छन् र स्पष्ट रूपमा यो जोडी धेरै खुसी छ।


वरुण धवनले एउटा सुन्दर तस्विर सेयर गरेका छन्, जसमा उनी नताशा दलालको बेबी बम्पलाई चुम्बन गरिरहेको देखिन्छ । यो तस्बिर निकै मनमोहक देखिन्छ र यसको क्याप्सनमा लेखिएको छ, ‘हामी गर्भवती छौं र तपाईहरुको माया र प्रार्थना चाहिन्छ।’ यससँगै वरुणले मेरी परिवार मेरी स्ट्रेन्थ ह्यासट्याग पनि लेखेका छन् ।

यो तस्विरमा जान्हवी कपुर र सानिया मिर्जाले वरुण धवनलाई बधाई दिएका छन् । जहाँ अर्जुन कपुरले डैडी मम्मी नम्बर १ लेखेका छन् । यिनीहरु बाहेक सोनम कपुर, भूमि पेडनेकर, अरमान मलिक, मलाइका अरोरा, अनिल कपुर लगायत धेरै स्टारहरुले बधाई दिदै हार्ट इमोजी बनाएका छन् । बरुण र नताशालाई फिल्म स्टारका अलावा फ्यानहरुले पनि बधाई दिइरहेका छन् ।

वरुण धवनको ‘भेडिया २’ र ‘बेबी जोन’ जस्ता फिल्म पाइपलाइनमा छन् भने उनी फिल्म ‘स्त्री २’ मा पनि केमियो भूमिकामा रहने छन्। नताशा दलालको कुरा गर्दा उनी फिल्मी दुनियाँबाट टाढै रहन्छिन् र लाइमलाइटको हिस्सा बन्न कमै रुचाउँछिन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो