२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८०, ७ फाल्गुन सोमबार ०५:३७

फागुन ६, तनहुँ | तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन्।


मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी गाउँपालिका-१ थिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडकखण्डमा सोमबार बिहान राति साढे १२ बजे दुर्घटनामा परेको हो।

बोलेरो अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।

दुर्घटनामा आशवीरको घटनास्थलमै मृत्यु भएको थियो। तुलसीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ३:४० बजे मृत्यु भएको खाणले बताए।

दुर्घटनामा चालकसहित १६ जना घाइते छन्।  घाइते हुनेमा आबुखैरेनी गाउँपालाक-६ की १५ वर्षीया सुविना गुरुङ, ६७ वर्षीया मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, ६ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका-३ सुखौराका १० वर्षीय शिशिर गुरुङ रहेका छन्। उनीहरूको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

चालक आबुखैरेनी-१ गिराउनचौरका ३८ वर्षीय राजकुमार विश्वकर्मा, आबुखैरेनी-६ का ५६ वर्षीय सोमलाल गुरुङ, ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आशमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ र १८ महिने बालक सुसान गुरुङ रहेका छन्।

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको खाणले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो