२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५० लाख ब्लडमनी नदिए दुबईमा एक नेपालीलाई मृत्युदण्ड दिइने

२०८०, ७ फाल्गुन सोमबार ०६:००

फागुन ७, काठमाडौँ | यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।

विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए ।

आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।


५० लाख नेपाली रुपैयाँ ब्लडमनी नदिए कार्यान्वयन हुने

श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए । तर, बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

‘त्यहाँ साथी साथीबीच झगडा भएको रहेछ, त्यो देखेपछि मेरो भाइ छुट्याउन गएका रहेछन्, तर आले मगरको मृत्यु भएपछि फिंगरिङ गर्दा मेरो भाइलाई फसाइयो,’ उनका दाइ दिनेशकुमार श्रेष्ठले भने ।

भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दाइ दिनेशकुमारले बताए । ‘अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनीबापत मागिरहेको छ, सो पैसा दिनसके भाइको ज्यान जोगिन्छ भनिएको छ, नदिए मृत्युदण्ड दिन लगाउने भनेको छ,’ उनले भने ।

आफूले कन्सुलर विभाग पुगेर भाइ दोषी नरहेको भन्दै फैसलाको पुनरावेदनका लागि पहल गरिदिनसमेत विभागलाई अनुरोध गर्दै निवेदन दिएको दिनेशकुमारले बताए ।

तर, भाइको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए । अहिले आफन्त, नातागोता र देश–विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भाइलाई मृत्युदण्डबाट जोगाउन ब्लडमनी संकलन कार्य थालिएको उनले बताए ।

‘यो घटना ५ वर्षपहिलेको हो तर केही दिनअघि दुबईको अदालतले उनलाई मृत्युदण्ड फैसला सुनाएको रहेछ,’ घनश्यामले भने, ‘साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको र त्यस कारणले उनी फसेको भन्ने जानकारी आएको छ, हामी पीडित परिवारसँग डिल गरेर भुवन बचाउ अभियान सञ्चालन गर्ने तयारीमा छौं ।’

मृतकका मामाका अनुसार त्यतिबेला परिवारले १ लाख ५० हजार दिराम अर्थात् करिब ४९ लाख नेपाली रुपैयाँ ब्लडमनी मागेको र त्यो दिए मृत्युदण्डको सजायबाट माफी पाएर नेपाल फर्कन पाउने बताए ।

घनश्यामका अनुसार, ब्लडमनीबापतको पैसा नबुझाए अबको केही महिनामै मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ । विभिन्न आरोपमा यूएईमा धेरै नेपाली कामदार जेल जीवन बिताइरहेका छन् भने केही नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।  यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो